भीरबाट लडेर दुईजनाको मृत्यु

admin

सल्यान , पुस २६ : सल्यानमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ। जिल्लाको दार्मा गाउँपालिका ४ मसिना निवासी ५५ वर्षीय दलबहादुर बोहरा र वडा न ४ कै सर्सुखोलाका २४ वर्षीय गणेश रावतको भीरबाट लडेर मृत्यु भएको हो।

बोहराको लाँखुरेडाँडाको भित्री सडकखण्डको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। शनिबार बिहान उनको मृत्यु भएको थियो।

यस्तै, रावतको शनिबार बिहान नै भैँसी टाकुरी भीरमा शव फेला परेको हो। बिहीबार देखी हराएका रावतको खोजी गर्ने क्रममा उनको शव फेला परेको प्रहरीको भनाइ छ। उनको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको छ।

प्रतिक्रिया