मलाई अपराधि सावित गरेर संघीयता उल्टाउने प्रयास भयो : अध्यक्ष प्रचण्ड

admin

काठमाडौं, कार्तिक ७ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताउनुभएको छ ।


आइतबार काठमाडौंमा पदम बिश्वकर्मा साहित्य प्रतिष्ठान र नेपााल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रचण्डले आफुलाई नै अ प राधी सावित गरेर मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताउनुभएको हो ।

प्रचण्डले जातिय बिभेदका लागि भएका बिद्रोहलाई समेत बदनाम गराउन खोजेको समेत बताउनुभयो । दलित, आदिवासी, जनजाति, महिलाका कुरा उठाएकै कारण आफुले अनेक आरोप खेप्नुपरेको उहाको भनाई छ ।

प्रचण्डले जातिय बिभेदको आन्दोलन सुरु गर्ने रोल्पा रुकुम जस्ता स्थानमा नै दलितसंग प्रेम गरेको आरोपमा मारिनुपर्ने घटना दुर्भाग्यपूर्ण रहेको धारणा राख्नुभयो ।

प्रचण्डले संघीय लोकतन्त्रीक गणतन्त्र र शान्तिका लागि बन्दुकको व्यवस्थापन गरेपनि मुलधार भनिने पार्टीहरुले अझैपनि पुरातन सोचमा नै रहेको तर्क गर्नुभयो । कार्यक्रममा ज्योति स्पर्श र रातो बारुद पुस्तक लोकार्पण गरिएको थियो ।

प्रतिक्रिया