माइक्रो बस र मोटरसाइकल ठोक्किँदा तीनजनाको मृ’त्यु, १० घा’इते

admin

सुनसरी : दुहबी नगरपालिका–१० स्थित भित्री सडकमा माइक्रो र मोटरसाइकल एकापसमा ठोक्किँदा तीनजनाको मृ’त्यु भएको छ भने १० घा’इते भएका छन्। 

मृ’त्यु हुनेमा मोटरसाइकल चालक इनरुवा–३ का ४४ वर्षीय बीर्ख मण्डल, माइक्रोका सहचालक सप्तरी राजविराज–१ का २२ वर्षीय शङ्कर यादव र एकजना महिलाको सनाखत हुन बाँकी रहेको सुनसरीका प्र’हरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए।

दु’र्घटनामा मोरङ विराटनगर–१४ का ५२ वर्षीय जयनारायण यादव, सप्तरी मान्सापुर नगरपालिकाका ६० वर्षीय इन्द्रकलादेवी सिंह, राजविराज–७ का १४ वर्षीय नीरज यादव, इनरुवा–८ का ५२ वर्षीय चन्द्र मेहता र राजविराज–७ का ३८ वर्षीय सुरेश मण्डल घा’इते भएका छन्। 

यस्तै, भोक्राहानसिंङ–३ का १९ वर्षीय प्रशान्त यादव, बराहक्षेत्र–१० का २३ वर्षीय भरत यादव, इनरुवा–८ का ५२ वर्षीया शान्ति मेहता, इनरुवा–३ का ३० वर्षीय मनोज अधिकारी र २२ वर्षीया प्रशंसा सुवेदी रहेको प्र’हरी नायब उपरीक्षक कार्कीले जानकारी दिए।

दुहबीबाट इनरुवातर्फ आउँदै गरेको प्र १–०२–००१ ज ३८६८ नम्वरको माइक्रो र विपरीत दिशाबाट आउँदै गरेको को ३४ प ४६९४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दु’र्घटना भएको थियो। ठ’क्कर दिने दुवै सवारी साधन प्रह’रीको नियन्त्रणमा रहेको छ भने माइक्रो चालक फरार भएकाले खोजतलास भइरहेको प्र’हरीले जनाएको छ।

प्रतिक्रिया