नेपाली चलचित्र ‘म यस्तो गीत गाउँछु २’को कार्यक्रम स्थगित

admin

काठमाडौं, २२ फागुन : बिहीबार राखिएको नेपाली चलचित्र ‘म यस्तो गीत गाउँछु २’को पत्रकार भेटघाट कार्यक्रम रोकिएको छ ।

विषेश कारण देखाएर निर्माण युनिटले चलचित्रको कार्यक्रम स्थगित गरेको हो । यही फागुन ३० गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्मले बिहीबार चलचित्रको विभिन्न विषयवस्तु लगायत जानकारी गराउने उदेश्य सहित दरबारमार्गको राइजिङ महलस्थित क्युज चलचित्र भवनमा कार्यक्रम राखेको थियो ।

तर, अन्तिम समयमा आएर निर्माण युनिटले कार्यक्रम रोकिएको जानकारी दिएको छ । ‘म यस्तो गीत गाउछु २’मा सुदर्शन थापाको निर्देशन रहेको फिल्म अभिनेत्री पूजा र निर्देशक सुदर्शनले नै मिलेर बनाएका हुन् ।

चलचित्रमा बनिष शाह र मिलन श्रेष्ठको सम्पादन, सौरभ लामाको छायाँकन छ । उक्त चलचित्रमा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारको अभिनय रहेको छ ।

कोरोनाको त्रासका कारण केही समय चलचित्र हलमा दर्शक नदेखिने देखिएपछि चलचित्र प्रदर्शन गर्ने नगर्ने विषयमा बितरक लगायत पक्षसँग छलफल गर्न कार्यक्रम रोकिएको बुझिएको छ ।

प्रतिक्रिया