यस्ता छन् पुर्वसभामुख महराका संघर्षमय राजनीतिक यात्राहरु

admin

खगेन्द्र हमाल/ काठमाडौं : रोल्पा जिल्ला लिवाङ मेम्बाङमा जन्मनु भएका निवर्तमान सभामुख कृष्ण बहादुर महरा रोल्पा जिल्लाकै बालकल्याण माध्यमिक विद्यालयमा अध्यन गरेर सोही स्कुलबाट शिक्षण पेसा गर्दै कम्युनिस्ट राजनीतिमा लाग्नुभएको थियो। बाल्यकाल अवस्था देखि नै पढाईमा निकै रुचि राख्ने उहाले विद्यार्थी जीवन देखि हजारौं दु:ख पिडाहरुलाई छिचोल्दै छोटो समयमै रोल्पा बासिहरुको मनमा बस्न सफल हुनुभएको थियो।

वर्ग संघर्षको तयारी देखि नेपाली राजनीतिक परिवर्तनको लागि जुझारु रुपमा कटिबद्ध भएर २०४८ सालमा रोल्पा जिल्ला क्षेत्र नं २ बाट सांसद पदमा निर्वाचित हुँदै २०५२ सालबाट देशको व्यवस्था परिवर्तनको निम्ति त्यति बेलाको बिद्रोही शक्ति नेपाल कम्युनिस्ट माओवादीमा आवद्ध भएर भुमिगत हुनुभएको थियो।

२०५२ सालमा माओवादी जनयुद्धको शुरूवात गर्दा राजनीतिक मोर्चाहरु समाल्दै माओवादी जनयुद्धमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुभएको थियो। मिठो बोली र सबैलाई समदुरिमा राख्ने सभामुख महरा बार्ताको नेतृत्व गर्दै २०५८ सालमा पनि सदस्यको महत्त्वपूर्ण भुमिका निर्वाह गर्दै शान्ती सम्झौता पछि गठित सरकारको सूचना तथा संचारमन्त्री,गृहमन्त्री,अर्थमन्त्री,उप प्रधानमन्त्री हुँदै सभामुख बन्नुभएको थियो। त्यतिबेलाको सरकार र माओवादी वार्ताकालमा पनि तीनै पटक संलग्न हुनुभएको थियो। पटकपटक पार्टी प्रवक्ता, दुईपटक सरकार र माओवादी वार्ता टोलीका संयोजक तथा एकपटक सदस्य बन्नुभएका महरा नेपाली राजनीतिक परिवर्तनका एक महान हस्ती पनि हुनुहुन्छ।

पटकपटक सूचना तथा सञ्चार मन्त्री बनि सकेका कृष्ण बहादुर महरा सञ्चामन्त्री हुँदा उहाले अघि सारेको ‘हातहातमा मोबाइल सेट, घरघरमा इन्टरनेट’को महत्वाकांक्षी नारा छोटो समयमा स्थापित भएको छ। यो सँगै उहाले सूचनाको हकसम्बन्धी ऐन, श्रमजीवी पत्रकार ऐन जारी गर्न पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।। यो सँगै विभिन्न जिल्लामा पत्रकार महासङ्घको भवन निर्माणका लागि सरकारी जग्गा उपलब्ध गराउनेदेखि पत्रकार विमा स्थापनाका लागि समेत उहाँले महत्वपूर्ण भूमिका निभाउनु भएको छ।

बि. सं. २०६४ सालमा अन्तरिम व्यवस्थापिकामा गएका ८३ जना माओवादी विधायकमा महरा माओवादी विधायकका संसदीय दलको नेता हुनुहुन्थ्यो। माओवादी सरकारमा गएपछि माओवादीको तर्फबाट मन्त्रिमण्डलमा नेतृत्व गरेर सूचना तथा संचारमन्त्री समेत हुनुभएको थियो। बि. सं. २०४८ सालको आम निर्वाचनबाट रोल्पा २, बि. सं. २०६४ को संविधानसभा निर्वाचनमा दाङ क्षेत्र नं ३ र संविधानसभा निर्वाचनमा रोल्पा क्षेत्र नं १ बाट विजयी बनेका महरा लगातार तीनवटा चुनाव जित्ने एक मात्र पुर्व माओवादीका नेता हुन्।

महराले रोल्पा जिल्लाको सदरमुकाम स्थित लिबाङ माध्यमिक विद्यालयमा १२ वर्ष विज्ञान विषयको शिक्षण गर्नुभएको थियो। बि. सं. २०३६ देखि वाम राजनीतिमा लागेका महरा बि. सं. २०५२ देखि भूमिगत भए। माओवादी बिद्रोह सुरू भएपछि कृष्णबहादुर महरा सपरिवार नै भूमिगत भएका थिए।

सभामुख कृष्ण बहादुर महराको पारिवारिक स्थिति
रोल्पा जिल्लाको लिवाङ गाविस वडा नम्बर ७ मेबाङमा रविचन्द्र र समुद्रादेवीको छोराको रूपमा जन्मिएका महराका २ वटा छोरा र २ वटि छोरी छन्। महराका दुई छोरा निर्मल महरा र राहुल महरा पार्टी सङ्गठनमै क्रियाशील छन् भने छोरीहरू छोरीहरु प्रगति र उन्नति पनि पार्टीमै छन्। कतिपय नेताहरुले आफ्ना छोराछोरी बिदेश पढाइ रहँदा महराले भने आफ्ना छोराछोरीलाई युद्धमै होमेका थिए। दुबै छोराले जनुमक्ति सेनाबाट केहि बर्ष पहिले मात्रै अवकाश लिएका थिए भने छोरीहरु सांस्कृतिक फाँटबाट घर व्यवहारमा जुटेकि छन् ।निकै सरल स्वभावका महरा आर्थिक रूपमा पनि निकै पारदर्शी र मितव्ययी मानिन्छन्।

केही वर्ष अघि मात्र श्रीमतीको उपचार गर्दा पनि भारतका प्रवासी नेपालीहरुसँग रगत सहयोग मागेर काम चलाएका थिए। अन्य नेता कायकर्ताहरु निजी सम्पत्ति जोड्न लागिरहेको बेला महराले भने लिवाङमा रहेको पुख्र्यौली सम्पत्ति समेत एक प्राविधिक शिक्षालयलाई दान गरेका छन्। यिनले अमरसिंह उपनामबाट माओवादी जनयुद्धको नेतृत्व गरेका थिए।मोहनविक्रम सिंहले रोल्पा जिल्लामा रोपेको वाम राजनीतिलाई महराले नै उचाइमा पुर्याएका हुन्। निम्न वर्गीय किसान परिवारमा जन्मिएका महरा माओवादीका ‘स्वच्छ’ नेताको रूपमा चिनिन्छन्।

सभामुख कृष्ण बहादुर महराको बाल्यकाल
उहाँ एकदम ग्रामीण कृषक–समाजमा जन्मेर–हुर्किनु भएको थियो । पूरै सामन्ती उत्पादन–सम्बन्धमा आधारित र जिम्मुवाल–मुखिया, अर्थात रैती मालिकको प्रथाभित्र कुजिएको थियो त्यो समाज । त्यहाँ भूरे–टाकुरे राजाहरूको अवशेष बाँकी नै थियो । तिनको हैकम, शोषण र उत्पीडन कायमै थियो त्यो समाजमा । अहिले हेर्दा थाहा हुन्छ, पूरै सामन्तवादी संरचनामा आधारित रहेछ त्यो समाज । त्यो समाज हो– रोल्पाको लिबाङ–५, धारापानी जन्मिनू भएको थियो । त्यही समाजमा २०१५ साल असार १५ गते जन्मनुभएको थियो । पछि लिबाङ मेबाङमा बसाई गर्नुभयो । शिक्षित किसान परिवारमा जन्मिनुभएको थियो । जन्मिने बेला परिवारको संख्या झण्डै २०÷२२ जनाको थियो । सभामुख कृष्ण बहादुर महराको परिवारमा दुई÷तीनभाइ बाजेहरू सँगै हुनुहुन्थ्यो । बुबा रविचन्द्र महरा र आमा समुद्रादेवी को एक्लो सन्तान हनुहुन्छ ।

महरा सानो छँदा पञ्चायती राजनीतिको शुरुवात थियो । रोल्पा नै पञ्चायतले जन्माएको नयाँ जिल्ला थियो । २०२१ सालको वरिपरि क्रान्तिकारी भूमिसुधार आदिको नाम सुने पछि उहाँ अली फरक राजनीतिमा हुनुभयो । आफ्ना बुबाहरू राजनीतिवाट पूरै अलग हुनुहुन्थ्यो । बाल्यकाल दुःखित नै थियो । महराको आफ्नै बाजे लिलाबहादुर देखि बुबासम्मलाई कुष्ठरोगले छोयो । नौ वर्षको हुँदा आमा बित्नुभो । रोगका कारण बा पनि प्रवास लाग्नुभयो । महरा काकाहरूसँगै बस्नुभयो । आफ्ना काकासंग नै केही समय विताउनुभयो ।

घरायसी काम गर्दै जीवनको शुरुवाती चरणमा । महराले पशु चौपायसँग दिन विताउने काम गर्दै अगाडि बढ्ने क्रममा पशुभा भेडाबाख्रा चराउन असाध्यै मन पराउनु हुन्थ्यो । सबै सँगै मिलन व्यवहार सानोछदा नै स्वभाव अनुसार केटाकेटीसँग औधि मिल्नु हुन्थ्यो । करिब–करिब केटाकेटीको नायक भएर हिंड्थें । कहिलेकाहीं उट्पट्याङ् काम पनि गर्नुहुन्थ्यो । सानो हुँदा पनि बालीनाली नष्ट गर्ने, फलफूल, मकै चोरेर खाने र आफैं दण्ड–सजाय गरेर जेल जाने नाटक पनि गर्नुहुन्थ्यो । धार्मिक सँस्कारमा पनि रमाउने महरा सानोमा धामी, झाँक्री बस्न मनपराउने महरा वचपनका संगीहरु संग सधै धामी झांक्री वस्ने काम समेत गर्नुहुन्थ्यो ।

उमेरमै विद्यालयको आगणमा प्रवेश गर्नुभएका महरा स्कुलमा राम्रो विद्यार्थीको रुपमा चिनिनुभएको थियो। शिक्षक र विद्यार्थीका बीच ‘ट्यालेण्ट’ भनेर चिनिनु हुन्थ्यो । गाउँ घरमा असाध्यै इमान्दार र झूट नबोल्ने मान्छेका रुपमा परिचित थिए । अलि सरल स्वभाव थियो । अहिले सभामुख महराको स्वभाव र व्यत्तित्व पनि यहि पारिवारिक र सामाजिक वातावरणको प्रभावले हो भन्ने उहाँलाई लाग्छ । त्यसैको निरन्तरतामा हालसम्म सबैसंग मिल्न सक्ने र अरुको आलोचना कम गर्ने नेताको रुपमा हालसम्म पनि परिचित हुुनुभएको छ ।

सभामुख कृष्ण बहादुर महराको पढाईमा विद्यार्थी शिक्षक
पढाईमा निकै रुची राख्ने महरा नौ वर्षमा पहिलोपटक क, ख ग पढ्न स्कुल सानो वागेश्वरी पाठशाला लिबाङमा जानुभएको थियो। पढ्ने बेलामै त्यो पाठशालामै त्यहीबेलामा आमा बित्नुभएकाले पढाई एकवर्षसम्म रोकियो महराको । त्यसपछि एकैचोटी छ महिनामा एकबाट दुई र अर्को छ महिनामा दुईबाट चारमा जानुभयो । त्यतिबेला नै विलक्षण प्रतिभा थियो । चारमा प्रथम नै हुनुभयो । पाँचमा पनि प्रथम हुनुभयो । पाँचसम्म वागेश्वरीमै पढेर छ कक्षा बालकल्याण मा.वि. मा अध्ययन शुरुवात गर्नुभयो । पाठशालाको निरन्तरता भएन सामान्य उतीर्ण मात्र हुनुभयो ।

उहाँको बुवा भारतको विहारमा स्टिल कारखानामा चौकीदार गर्नुहुन्थ्यो । त्यो ठाउँ अहिलेको झारखण्डमा पर्छ । माइलो बा पनि त्यही ड्राइभर हुनुहुन्थ्यो । उहाँहरूले उतै लानुभयो । हिन्दी भाषा अलि कठिन भएपछि सातकक्षा त्यहाँका केटाकेटीसँगै मिलेर डेरामै पढ्नुभयो । भारतको सेक्टर एक माविबाट राम्रै अंक ल्याई आठ पास गर्नुभयो । पुनः बालकल्याण मा.वि.मै फर्केर नौ कक्षा भर्ना भएर नौ मा प्रथम नै हुनुभयो । बालकल्याण मा.वि.बाटै २०३३ सालमा सेकेण्ड डिभिजनमा एस.एल.सी. पास गर्नुभयो । पाँचसय ४० नम्बर ल्याउँदा फष्ट डिभिजन हुन्थ्यो ।

महराको ५ सय ३९ नम्बर मात्रै आयो ।महरालाई एस.एल.सी. पछि चुनौती आयो–घरायसी परिस्थितिले गर्दा उच्च शिक्षा पढ्नसक्ने अवस्था थिएन । तैपनि छात्रवृत्ति पाइन्छ भनेर नेपालगञ्ज कृषि क्याम्पस मा जानुभयो । भर्ना सयम सकिएकाले नेपालगञ्ज वहुमुखी क्याम्पसमा प्रवेश परिक्षा दिई भर्ना भए र त्यही वाट आई.एस्सी.का चारवटै सेमेष्टर प्रणालीमा छात्रवृत्ति पाउनुभयो ।

घरबाट जम्मा सात हजार रकम ल्याएर आई.एस्सी पास गरे। त्यतिखेर खेतीपाती गरेर चलाउने हुन्थ्यो । अलि–अलि ऋण गरेर पनि चलाइन्थ्यो । पढाई सकेर शिक्षक हुनुभयो वाल कल्यान मा.वि.मा । त्यहिवाट ‘इन सर्भिस’ छात्रवृत्ती कोटा (मासिक तीनसय रुपैयाँ) ले अन्ततः पोखराको पि.एन. क्याम्पसबाट बि.एड. गरेपछि औपचारिक पढाईको यात्रा रोकियो । उहाँले पछि विज्ञान विषयबाट पनि पढाई केही अगाडि बढाएपछि चाहना अनुसार बढाउन सक्नु भएन ।

अनौपचारिक पढाई
महराले औपचारिक शिक्षा भन्दा पनि अनौपचारिक शिक्षा अध्ययन गर्ने वातारण निर्माण गर्दै जीवनभरी चल्ने प्रक्रियाकारुपमा अगाडि बढाउनुभयो । शुरुमा माओत्सेतुङका रेड बुकहरू, अन्तरविरोध र व्यवहारवादका बारेमा दोहोराई–तेहराई पद्नुभयो । उहाँका भोल्युमहरू अधिकांश अध्यययन गर्दै समाज विकाससम्बन्धी फुटकर रचनाहरू समेत हेर्नुभयो । उहाँको राजनीतिक गुरु मोहन बैद्य (किरण) को द्वन्द्ववादको बारेमा भन्ने पुस्तक पनि गहिरिएर पढ्नुभयो । ‘दर्शनबारे’ भन्ने अलि–धेरै पढ्नुभयो । सुरुमा यिनै पुस्तकले प्रभाव पारे । माक्र्स र लेनिनका भोल्युमहरू पछि मात्र पढ्नुभयो । संकल्प, वेदना जस्ता साहित्यिक पत्रिकाहरू पनि खूब पढ्नुभयो । अहिलेसम्म पनि युवाहरूलाई यी र अरु पुस्तक पढ्ने सल्लाह दिनुहुन्छ ।

सभामुख कृष्ण बहादुर महराको शिक्षण पेशा
२०३६ सालमा आई.एस्सी. गरेर गाउँ फर्कंदा देशव्यापी विद्यार्थी आन्दोलन चलिरहेको थियो । उहाँ पढेको लिबाङको हाइस्कुलका विद्यार्थी पनि आन्दोलित थिए । त्यहाँ विज्ञान र गणित शिक्षक माग भइरहेको थियो । सपना जस्तो मान्नुभएका महराले विचित्रको तरिकाले जागिर पाउनुभयो । त्यहाँ जागिरले महरालाई खोजिरहेको रहेछ । विद्यार्थीको मागअनुसार जिल्ला शिक्षा अधिकारीले पढाउन अनुरोध गरे उहाँलाई ।

पढाउँदा–पढाउँदै २०३९ सालबाट ईन सर्भिस कोटामा पोखरा क्याम्पस वाट वि.एड गर्ने अवसर प्राप्त गर्नुभयो । स्थायी शिक्षक भएर झण्डै १२ वर्षसम्म पढाउनुभयो । नेकपा माओवादीका हालका नेताहरू र रोल्पाको नेपाली कांग्रेस, नेकपा एमाले र राप्रपाका कतिपय हालका नेताहरु महराले पढाएका विद्यार्थी हुन् । उहाँले उपराष्ट्रपति नन्दबहादुर पुनमगर (पासाङ), सभामुख ओनसरी घर्ती, पूर्वअर्थमन्त्री वर्षमान पुनमगर, नेकपाका महासचिव नेत्रविक्रम चन्द लगायत थुप्रै नेताहरुलाई पढाउनुभयो। । वास्तवमा २०३६ सालको आन्दोलनमा उहाँहरुले रोल्पामा सक्रिय भुमिका खेल्नुभएको थियो।

सभामुख कृष्ण बहादुर महराको परिवार, पार्टी र सम्पत्ति
२०३७ सालमा वुवाको मावल गाउँबाट नजिकैको नाता पर्नेसँग प्रेम विवाह गर्नुभयो । महराको सीता सँग विवाह भयो । तर विवाह परम्परागत नै भयो । जग्गे राख्ने ढंगले नै गरियो । काकाबा सबैलाई ठग्नुभयो । किनकी उहाँहरुले जग्गेमा जनै नै लगाउनुभ भएन । महराले सीतासँग घरको काम पारिवारिक जीवन २०३७ साल देखि २०५२ साल सम्म विताउनुभयो ।

त्यति वेला सीता गाउँको महिला पार्टी सेल कमिटीमा लाग्नुभएको थियो । २०५२ सालमा जनयुद्ध शुरु भएको एक वर्ष पछि भूमिगत हुनुभयो सिता । उहाँका बुबा त सकेसम्म राजनीतिमा नलागोस् भन्ने चाहनुहुन्थ्यो । तर उहाँको श्रीमति सिताबाट कहिल्यै विरोध भएन । ०३८ सालमा ठूलीछोरी जन्मिदा जेलमा थिए महरा । दुई महिना जेल बस्दा पनि सीताले निकै सहयोग गर्नुभयो । महराबाटै राजनीतिक चेतना प्राप्त गर्नुभएको सीता पनि जनयुद्धमा होमिनु भयो ।

महराको दुई छोरा र दुई छोरी छन् । सभामुख महराको पहिलो सन्तान ठुली छोरी तेजकुमारी महरा ‘उन्नति’ जनयुद्धकालमा रोल्पा जिल्लामा महिला संगठनको सचिव र पार्टीको एरिया कमिटीमा हुँदै जिल्ला नेतृत्वतहमा पुग्नुभएको थियो । प्रगतिका श्रीमान पुरन के.सी ‘करेन्ट’ पनि रोल्पा जिल्ला कमिटी हुँदै हाल रोल्पा नगरपाकिला नगरप्रमुख हुनुहुन्छ । महराको ज्वाइ कविता लेखनमा रुचि राख्नुहुन्छ करेन्टले एउटा कविता संग्रह निकाल्नुभएको छ ।

उहाँका एक छोरा र एक छोरी छन् । महराको दोस्रो सन्तान छोरा निर्मल महरा ‘एटम’ सैन्य एकेडेमीमा बटालियन कमाण्डर हुँदै युद्धको अग्रमोर्चामै लड्नुभयो । क्रान्तिकै अन्तरालमा एमलले जनवादी कलाकार झरना विहे गर्नुभएको थियो । तेस्री सन्तान छोरी कुष्मा ‘प्रगति’ जलजला साँस्कृतिक परिवार हुँदै प्रतिरोध साँस्कृतिक परिवारमा कार्यरत रहदै साँस्कृति मोर्चाको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । उनको श्रीमान् रञ्जित पनि राजनीतिमै होमिनुभएको थियो । सानै उमेरमा पढाई छोडेर राजनीतिमै लागेका चौथो सन्तान छोरा ‘राहूल’ पनि सेनाको प्लाटुन कमाण्डर बनेर सैन्य प्रतिष्ठानमा रहेर काम गर्दै हाल महराको सचिवालयमा रहेर जिम्मेवारी बहन गर्दै हुनुहुन्छ ।

पुख्यौली सम्पकति प्राविधिक शिक्षालयलाई
अलिकति खेतबारी, घर र अन्दाजी साँढे सत्चालिस रोपनी पाखोबारी थियो । राम्रो उत्पादन नहुने भएकाले ६ महिनाभन्दा खान पुग्थेन । विगतमा भएको खेत कसैले प्रयोग गरेको थियो । पाखोबारी सबै बाँझो र घर खाली छ । सभामुख महराको काइलोबुबाको छोरा नोख वहादुर मसँग नै बस्नुहन्थ्यो हाल साइलो वुवा संग वस्नुहुन्छ । हाल महराकै पहलमा नै रोल्पा जिल्लाको शैक्षिक क्रान्ति अगाडि बढेको थियो ।

हाल महराले आफ्नो नाममा रहेको लिबाङ मेबाङको जमिन प्राविधिक शिक्षालय निशुल्क दिएर विद्यालय स्थपना गरी सञ्चालन भएको छ । हाल उहाँको जेठा छोराले बनाएको दाङको गैरा गाउँमा एउटा घर छ त्यही बस्नु हुन्छ । मन्त्री र सरकारी पढमा जादाँ सरकारी निवासमा बसेपनि अन्य बेला र काठमाण्डौमा डेरा लिएर बस्नुहुन्छ ।

सभामुख कृष्ण बहादुर महराको राजनीतिक यात्रा
२०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा लाग्नुभयो । शुरुमा नेविसंघ भए पनि कम्युनिष्ट राजनीतिप्रति आकर्षित हुनुभएका । ०३८ सालमा पार्टी सदस्यता लिएपछि रोल्पाको नेकपा जिल्ला कमिटीमा बस्नुभयो । मोहनविक्रमसँग पार्टी विभाजन भएपछि मोटो मशाल (मोहन वैद्य) तिर आउनुभभयो । पहिलो पटक रोल्पा क्षेत्र नं. २ बाट २०४८ सालमा सांसद हुँदा जिल्ला कमिटीको सेक्रेटरी हुनु हुन्थो । क्रमशः क्षेत्रीय व्यूरो समिति, २०५२ सालबाट केन्द्रीय समितिमा र चौंथो विस्तारित बैठकपछि पोलिट्व्यूरो सदस्यको जिम्मेवारी पार्टीले दिएको थियो । पछिल्लोचरणमा किरण भारतमा पक्राउ भएपछि स्थायी समितिमा आएलगत्तैको बैठकपछि पार्टी प्रवक्ताको जिम्मेवारी समेत पार्टीले दियो ।

जनयुद्धभन्दा अगाडि संसदीय मोर्चामा आउनु भएको थियो । संसदीय मोर्चाबाट जनयुद्धपछि भूमिगत हुनुभयो । लगभग ६ वर्षसम्म राप्तिको इञ्चार्ज भएर काम गरे पश्चात महराले प्रवासको जिम्मेवारी सम्हालेपछि केन्द्रीय राजनीतिक भूमिका निर्वाह गर्नुभयो । सबैलाई मिलाएर लग्न सक्ने नेतृत्वको रुपमा स्थापित नेता तत्कालीन राज्यसँगका तीनवटा वार्तामध्ये पहिलोमा संयोजक, दोस्रोमा सदस्य, वार्ताटोली प्रवक्ता अनि तेस्रोमा वार्ताको संयोजक भई राजनीतिकमा केन्द्रीय भूमिका निर्वाह गर्नुभयो । नेकपा (माओवादी केन्द्र) निर्माण भएपछि महासचिव हुनुभयो । हाल माओवादी केन्द्रको प्रभावशाली तथा बौद्धिक नेताका रुपमा मानिनु हुन्छ ।

सभामुख कृष्ण बहादुर महरा कम्युनिष्ट कसरी बने ?
नेपालगञ्जमा पढ्दा सुरुमा पञ्चायतविरुद्ध लड्ने भनेपछि कांग्रेस हुनुपर्छ भनेर नेविसंघ भएका महरा कांग्रेस पार्टीमै जानुभएन, नेविसंघ भने लगभग ६ महिना रहेर क्याम्पस इकाईमा काम गर्नुभयो । सामाजिक अन्तरविरोधले कम्युनिष्ट बनायो । एउटा कारण आर्थिक विपन्नता र दोस्रो सामाजिक असमानताहरू हुन् महरालाई कम्युनिष्ट बनाउने मुख्य विषय । बालाई कुष्ठरोग लागेको भन्दैमा छुवाछूत हुनथालेपछि केही न केही विद्रोही हुनुभयो । ‘समाज विकासको क्रम’ पुस्तकले सबैभन्दा बढी असर गर्यो। चीनको चम्किलो रातो तारा, गुरिला कथाका र आमा लगायत अन्य उपन्यासबाट प्रभावित भएर नै कम्युनिष्ट हुनुभएको थियो ।

सभामुख कृष्ण बहादुर महरालाई प्रभाव सेन जीको
कम्युनिष्ट राजनीतिमा सबैभन्दा बढी प्रभाव पार्ने व्यक्ति कृष्ण सेन ‘इच्छुक’ नै हुन । उहाँ पहिला कृष्णनगरको साल्ट ट्रेडिङमा खरिदारको काम गर्नुहुन्थ्यो । उहाँहरु बीच विचित्रको सम्बन्ध भएको थियो।महरा १० कक्षामा पढ्दा सेनजीका एकजना मित्र पनि त्यहीं पढ्नको लागि आउनुभएको थियो । त्यसबेला शिक्षक खेमबहादुर गिरी हुनुहुन्थ्यो । सेनले भन्नुभयो मैले कलम पत्रिकामा पनि लेखेको छु । उहाँको नाम कृष्णबहादुर सेन र सभामुख महराको पनि कृष्णबहादुर महरा उहाँले पनि ख्यालठट्टामै त्यही लेखिदिनुभएछ । अर्कोचोटी सेनजीले त्यो साथीलाईलाई एउटा खाममा दुईवटा चिठ्ठी लेख्नुभएछ–‘प्रिय अपरिचित सहनामी मित्र’ ।

त्यसपछि त उहाहरुबीच थुप्रै चिठ्ठी लेखा–लेख हुनथालेछ । दुईवर्षसम्म भेट नभए पनि दुईअढाई सय चिठ्ठीहरू लेखा–लेख भएछन ।त्यतिबेला ती चिठ्ठीहरू एकदम वैचारिक, राजनीतिक हुन्थे । त्यही दौडानमा कम्युनिष्टप्रति आकर्षण बढ्यो । समाज के हो ? चीनमा कस्तो व्यवस्था छ ? भारतमा के छ ? नेपालमा कम्युनिष्ट आन्दोलनका धारहरू कसरी विकसित भए ? विद्यार्थी आन्दोलनमा के–के छ ? भन्नेजस्ता सारा कुराहरू हुन्थे । सय÷डेढसय चिठ्ठी त संग्रह नै गरेका थिएँ । दुईवर्षपछि उहाहरुबीच कोइलाबासमा भेट भएको थियो।त्यसपछि सेनजीका कविताहरू सभामुख महराको लागि प्रभावीत विषय बने।

निवर्तमान सभामुख कृष्ण बहादुर महराको अध्यक्ष प्रचण्डसँगको पहिलो भेट
पोखरामा पढ्दा २०४१ सालमा बर्तमान नेकपा अध्यक्ष प्रचण्डसँग भेट भएको थियो।त्यतिबेला पुष्पकमल दाहाल (प्रचण्ड )युवक संघको अध्यक्ष हुनुहुन्थ्यो।प्रचण्ड कमरेडको भने सिद्धान्तलाई व्यवहारमा ढालेर सिक्दैजानुपर्छ भन्ने थियो। असम्भव भन्ने केही छैन गर्दैजादाँ सबैकुरा सिकिन्छ भन्ने कमरेड प्रचण्डको तर्कले महरालाई निकै प्रभाव परेको थियो।

क्रान्ति गर्ने भन्ने तर क्रान्ति नगर्ने त्यसबेलाका पुराना बरिस्ठ नेताहरु भन्दा पुष्पकमल दाहाल (प्रचण्ड)धेरै (forward र डाईनोमिक)देखिनुहुन्थ्यो महराको नजरमा।महरालाई प्रचण्डको मार्गदर्शन र उत्कृष्ट बिचारले निकै प्रभाव पारेको थियो।उहाँसँग महराको २०४३ सालको एउटा प्रशिक्षण कार्यक्रममा दोस्रोपटक भेट भएको थियो ।र २०४८ सालमा सांसद चुनिएर काठमाडौं तीनवर्षसम्म बस्दा पनि अध्यक्षसँग वैचारिक बहस र भावनात्मक रुपले निकै निकट हुनु भयो र जनयुद्ध शुरु भएपछि त झन् निरन्तर रुपमा सँगसँगै काम गर्दै आउनुभयो ।

उहाँमा अन्तरविरोधहरुलाई गहिरोसंग वुझ्ने र त्यसको राजनीतिक रुपले हल गर्न सक्ने खुवि नै छ । अन्तरविरोधको तत्काल पहिचान र परिचालन गर्न सक्नुनै उहाँको मुख्य क्षमता हो । एकदम वस्तुगत ढंगले स्थितिको विश्लेषण गर्नसक्नु उहाँको विशेषता नै हो महराको मनपर्ने नेता पनि प्रचण्ड नै हो । शुरुमा किरणजी ले कम्युनिष्ट आन्दोलनबारे सिकाउनुभयो । उहाले नै ०३८ सालमा पार्टी सदस्यता दिनुभएको थियो । खासगरी वैचारिक र भावनात्मक रुपमा मनपर्ने नेताहरू उहाँहरू नै हुनुहुन्छ।

अन्तरसंघर्षमा रमाउने सभामुख कृष्ण बहादुर महराका राजनीतिक पलहरु
नेपाली कम्युनिष्ट आन्दोलन को ईतिहास एकतामा भन्दा गुट र फुटमा देख्दा निकै चिन्ता लाग्दथ्यो महरालाई । नेताहरु व्यक्तिवादीक हुने र पार्टी व्यक्ति मुखी हुने, तत्कालिन राजनैतिक संघर्षमा ध्यान नदिने र सिद्धान्तको रक्षा भनेर साघुरिदै जाने प्रवृति नेपाली कम्युनिष्ट आन्दोलनको रोग जस्तै देखिन्छ । पछिल्लो समयमा आफ्नो पार्टी ले वर्ग संघर्षको चुरो कुरामा केन्द्रित भएर अन्तरसंर्घष चलाउदा सापेक्षित एकता कायम भैरहने पार्टीको धारणा मलाई मन थिएन । वर्ग संघर्ष अन्तरसंघर्षलाई अन्तरसंवन्धित गरेर हेर्नु पर्छ भन्ने यो धारणाको सार महराको हो ।

२०३६ सालको जनसंघर्ष पछि तात्कालिक नेकपामा भएको फुट (मसाल र चौम) हुनु सभामुख महराको अन्तरसंघर्ष वुझ्ने पहिलो खुड्कीलो थियो पार्टीमा प्रवेश गरेपछि । त्यस पछि पाचौ महादिवेशन लगतै मसाल र मशालको विभाजनमा विषयगत वहस भन्दा व्यक्तिगत प्रभावले काम गर्यो । त्यसवेला वाहिर कुनै खासै राजनैतिक संघर्षको माहोल थिएन । ०५१ मा भएको पार्टी विभाजनमा जनयुद्धको तयारीको लागी वर्ग संघर्षको उत्थान गर्ने र त्यसका लागी ४ तयारी सुरु गर्ने वा नगर्ने मुख्य मुद्धा थियो ।

सभामुख कृष्ण बहादुर महराको २ महिना जेल जीवन
महराको जीवन हालको झै सहजमात्रै भएन। २०३८ सालको पञ्चायती चुनाव बहिष्कार तथा आम शिक्षक हड्तालका बेला दुई महिना लिबाङ कारागारमा बस्नुभएको थियो।त्यसबेला सार्वजनिक मुद्दा लगाइएको थियो । २०४० सालमा शिक्षक हड्तालमा पक्राउ हुनुभयो । दुई÷तीन दिन हिरासत राखेर छोडियो । ०४३–४४ सालमा स्कुलमा प्रशासनविरोधी प्रदर्शन देखाउन सहयोग गरेको आरोपमा पक्राउ गरिएको थियो ।

निवर्तमान सभामुख कृष्ण बहादुर मअहराभूमिगत नाम किन अमरसिंह राखियो?
शुरुमा पार्टीनाम जीतसिंह थियो । विरोचन, रवि र अहिले अमरसिंह कै नाममा छ । सोचेर सांकेतिक नाम राख्दा राम्रो होला भनेर राख्नुभएको थियो । नेपालको एक देशभक्त मान्छे भन्ने सोचेर अमरसिंह राख्नुभएको थियो । हालसम्म अमरसिंह झै अमर बनिरहनुभएको छ ।

निवर्तमान सभामुख कृष्ण बहादुर महराको रोचक घटना
जनयुद्धको क्रममा प्रहरीसँग तीनपटक नजिक भए । कतिपय अवस्थामा त प्रहरीसँग कुरा पनि गर्नुभयो । कतिपय अवस्थामा नेपाल–भारतका बोर्डहरू साइकल चढेर खुला रुपमै वारपार पनि गर्नुभयो । २०५४–५५ सालमा सल्यान कागपानि मा भएको घटना सम्झिरहुन्छ । पाँच÷छ जना साथीहरू एउटै सेल्टरमा बसेको बेलमा महरा ट्वाइलेट जान निस्केको समयमा प्रहरी आइहाल्यो । बाहिरबाटै दौडिनुभयो । लखेट्यो । बाल–बाल बाच्नुभयो । गोली हानेको भए त सिध्याइहाल्थ्यो । तर हानेन । साथीहरूले झुक्याएर अन्त्यै सुरक्षित ठाउँमा लानुभयो । महरासँग भएको राइफल र झोला गुम्यो । ट्वाइलेट जान पाँच मिनेट छिटो वा ढिलो भएको भए मारिन्थे । तीनजना साथीहरू त्यही शहीद हुनुभयो ।

सभामुख कृष्ण बहादुर महराको स्वभाव
बाल्यकालमा चञ्चल र झगडा गर्नेखालका थिए । छिट्टो प्रतिक्रिया दिनुहुन्थ्यो । अहिले बिल्कुल अन्तरमुखीजस्तो देखिने भएपनि रुपमा शान्त स्वभाव छ । पार्टी प्रवक्ता हुँदासम्म महराको कुनै भनाइहरू विवादमा आएका त छैनन् । तर त्यसो हुनुमा स्वभावको कुनै कमाल छैन । त्यो त पार्टीको नीति बुझिसकेपछि त्यसलाई आ–आफ्नो शैलीले अभिव्यक्त गर्ने कारण सबैको मिलनसार नेताको रुपमा परिचित छन् । वार्ता, मन्त्री, सभामुख बन्नुभएको छ । सामूहिक रुपमा जे निर्णय भएको छ, त्यो कुरा मान्ने र अरुलाई मनाउने कुरा सहि हो भन्ने महरालाई लाग्छ । सिद्धान्तमा एकदम प्रतिबद्ध र व्यवहारमा त अलि कुशल नै कलात्मक हुनुहुन्छ । दुश्मन, मित्र वा जोसँग पनि नरमढंगले नै प्रस्तुत हुने महराले रिस उठे पनि बाहिर प्रकट गर्न हतार नगर्ने नेताको रुपमा परिचित हुनुहुन्छ ।

सभामुख कृष्ण बहादुर महराको रुचि
निवर्तमान सभामुख कृष्ण बहादुर महराले दुध दहि माछामासु भन्दा पनि मकैको ढिंडो,हरियो साग,र मोही असाध्यै मन पराउनु हुन्छ।महराको हालको क्वाटरमा पनि गुन्द्रुक, सुकाएको सागको तरकारी बढी खानु हुन्छ । सादा लगाउन मनपराउने सादा सर्ट–पाइन्ट लगाउने गर्दछन् ।

सानोमा ‘हात्ती मेरे साथी’ हिन्दी फिल्म हेर्नुभएको । सामाजिक कथामा आधारित फिल्म मन पर्ने महरालाई नानापाटेकरको अभिनय र डाइलग झनै रुची हुन्छ । नाली फिल्म‘वलिदान’ं, ‘आगो’ फिल्मी साथै जनवादी गीत÷संगीत, लोकसंस्कृति, जनगीत असाध्यै मनपर्छ । प्रतिरोध परिवार र खुशीराम पाख्रिन का गीतहरू मन पराउनु हुन्छ । महराले त्यो गैंची, बेल्चा उचालेर। , खुशीरामको टाढैबाट चिनियो ढाकाटोपी लाउनेलाई … सकीनसकी गाउँनु हुन्थ्यो ।

सभामुख कृष्ण बहादुर महराको दिनचर्या
अहिले कुनै समय निर्धारण गरेर हिंड्नु हुदैन्थ्यो। पहिला त असाध्यै रुटिनमा हिड्ने महरा विगतमा उठ्ने, पढ्ने समय तालिका अनुसार हिड्नु हुन्थ्यो । बिहान ५ बजेतिर उठ्ने महरा दिशा पिसाब गरिसके पछि अध्यन गरी समाचार सुन्ने, पढ्ने काम गर्नुहुन्थ्यो।सरकारी काम बाहेक अन्य नेता कार्यकर्ताहरुसँग बैचारिक छलफल सबैको एकताका लागि बढी समय विताउने महरा पार्टी भित्र पनि सबैलाई मिलाएर लग्ने काममा बढी समय खर्चिनु हुन्छ ।

सभामुख कृष्ण बहादुर महराको सभामुख सम्मको यात्रा
रोल्पा नगरपालिका वडा नं. १ (साविकको लिबाङ–५ धारापानी) मा त्यही समाजमा २०१५ साल असार १५ जन्मिनुभएका महरा २०३५र ३६ – विधार्थी संगठनमा सलंग्न भई राजनीति हुनुभयो । २०३७ – पार्टी सदस्य र जिल्ला सदस्य, रोल्पा जिल्ला (ने.क.पा), २०३६र३९ – शिक्षक संगठनमा सक्रिय, नेपाल राष्ट्रिय शिक्षक संगठन रोल्पा जिल्ला सचिव, नेपाल राष्ट्रिय शिक्षक संगठन, केन्दिय प्रतिनीधि, २०३९र४१–विधार्थी संगठनमा सक्रिय रहदै अखिल आठौंको केन्दीय सदस्य, हुनुभयो । यस्तै महरा सामाजिक क्षेत्रका सँस्थाहरुमा २०४१र४५ – नेपाल रेडक्रस सोसाईटी रोल्पा जिल्ला शाखाको मन्त्री, हुनुभयो ।

पार्टीको लामो राजनीतिक जीवन चक्र अनुसार २०४८ – रोल्पा जिल्ला पार्टी सेक्रेटरी, ने.क.पा.(मशाल), एवं साँसद, २०५० –क्षेत्रीय संगठन समिति, सदस्य राप्ती ,ने.क.पा. (एकता केन्द्र ) २०५१ – पश्चिचमाञ्चल क्षेत्रीय ब्युरो सदस्य, ने.क.पा (माओबादी), २०५३ – असार – केन्दीय सदस्य,ने.क.पा (माओबादी), २०५५ –पोलिट ब्युरो सदस्य, ने.क.पा (माओबादी), २०५८ – तत्कालिन सरकारसँगको पहिलो वार्ता टोली संयोजक, २०६० – तत्कालिन सरकारसँगको द्रोसो वार्ता टोली सदस्य तथा प्रवक्ता, २०६१ – प्रवक्ता ने.क.पा (माओबादी), २०६२ – स्थायी समिति सदस्य ने.क.पा (माओबादी), २०६२ – असोज सेक्रेटारियट सदस्य, केन्दीय समिति ने.क.पा (माओबादी), २०७० सालमा पुन रोल्पाबाट निर्वाचित भएर उपप्रधानमन्त्री एवं गृह मन्त्री बन्नुभएको थियो ।

२०६३ – तत्कालिन सरकारसँग वार्ताकोलागि गठित तेस्रो वार्ता टोलीको संयोजक, २०६३ – पौष अन्तरिम संविधान जारी पछि निर्मित अन्तरिम व्यवस्थापिका – संसदको मनोनित सदस्य तथा पार्टीको संसदीय दलको नेता, २०६३ –चैत – अन्तरिम सरकारको मन्त्री र सरकारको प्रवक्ता, २०६४ –चैत – संविधान सभा सदस्य निर्वार्चित, दाङ क्षेत्र नं.३, २०६५–भाद्र ( नेपाल सरकारको मन्त्री तथा सरकारको प्रवक्ता, २०६५– एकता अधिवेशन पछि ने.क.पा (माओबादी)को स्थायी समिति सदस्य, ०६६– अन्तर्रािष्ट्रय ब्युरोको ईन्चार्ज, ने.क.पा (माओबादी) २०६७ ए ने.क.पा (माओबादी) तर्फबाट नेपाल सरकारको उप(प्रधामन्त्री तथा सूचना तथा सञ्चार एव. गृहमन्त्री, २०७० सालको संविधानसभाको निर्वाचन रोल्पाबाट निर्वाचित उपप्रधान तथा अर्थमन्त्री हुँदै २०७४ को निर्वाचनमा दाङबाट निर्वाचित भएर सभामुख बन्नुभएको थियो ।

महराको सम्भावनाः
२०३६ सालबाट राजनीतिमा सक्रिय कृष्णबहादुर महरा रोल्पाका मात्रै होइनन् अब देशको अभिभावक बन्नुभएको छ । महराको निरन्तरता, विश्वास, इमान्दारीता र प्रतिवद्धता अनुसार निरन्तर सम्भावनाको ढोका नजिक पुग्दै जानुभएको छ । २०४८ सालमा पहिलो पटक साँसद बन्नु भएका महराको राजनीकि जीवन हाल ३८ वर्षको राजनीतिक यात्राको जीवनमा वितिसकेको छ । ५९ वर्षिय कृष्णबहादुर महरा २०७४ साल भन्दा अगाडि उप्रधान मन्त्री भइसक्नु भएको छ ।

उपप्रधानसहित वरिष्ट मन्त्रालयको जिम्मेवारी निर्वाह गर्नुभएका महरा २०७४ को निर्वाचनबाट सम्मानीय भामुखको जिम्मेवारी पाउनु भएको छ । पार्टीको महासचिव हुँदै धेरै महत्वपूर्ण जिम्मेवारी बहन गर्नुभएका महरा उहाँको अगाडि पार्टीको राजनीतिक अध्यक्ष र सरकारी पदको यात्रामा प्रधानन्त्री, उपराष्ट्रपति र राष्ट्रपति बन्न मात्रै वाँकी छ । महराको यसरी राजनीतिक ४ दशकको यात्राको योगदान त्याग तपस्याले अब त्यो मा पनि ढोका खुल्ने प्रवल सम्भावना छ । सम्भावनाको निकटमा पुगी सक्नुभएका महराको जीवन अब हामीले प्रधानमन्त्री, उपराष्ट्रपति, राष्टपति र पार्टी अध्यक्षको पदमा पुगेर एक पटक देशलाई नयाँ सन्देश रोल्पालीको छोरा देशको उच्च पदमा पुग्न सफल

सभामुख कृष्ण बहादुर महराको बायोडाटा
नाम : कृष्णबहादुर महरा
पारिवारिक स्थिति : बिबाहित श्रीमती, छोरीहरु २, छोराहरु २,
बुवाको नाम : रविचन्द्र महरा (दिवंगत)
आमाको नाम : समुन्द्रादेवी महरा (दिवंगत)
जन्म मिति : २०१५ आषाढ १५ गते
ठेगाना :जन्मस्थान – रोल्पा लिवाङ –७ धारापानी पछि बसेको घर लिवाङ–७, मेवाङ
राष्ट्रियता : नेपाली
भाषा : मातृभाषा नेपाली, बोल्ने र बुझ्ने – अग्रेजी र हिन्दी
शिक्षा: प्रवेशिका, नेपाल (लिवाङ् रोल्पाबाट) प्रमाणपत्र तह, बिज्ञान, त्रि. वि.वि. नेपाल, (नेपालगंज) स्नातक तह, शिक्षा शास्त्र, त्रि.वि.वि. नेपाल –पोखरा)
पेशा : राजनीति
हालको जिम्मेवारी :नेपालको प्रतिनिधि सभाका सभामुख
संविधानसभा निर्वाचन २०७० मा रोल्पा १ बाट निर्वाचित

निवर्तमान सभामुख कृष्ण बहादुर महराको राजनीतिक अनुभव
बि. सं. २०३५ र ३६ सालको विधार्थी आन्दोलनमा संलग्न भई राजनीतिमा सक्रिय ।
०३६ सालदेखि ०३९ सम्म नेपाल राष्टिय शिक्षक सङ्गठन रोल्पाको सचिव र केन्द्रीय प्रतिनीधि २०३७ मा तत्कालिन नेकपा चौमको पार्टी सदस्यता प्राप्त गरी र पार्टीको रोल्पा जिल्ला सदस्य
२०३९ देखि ४१ सालसम्म अ.ने.रा.स्व.वि.यू आठौँ राष्टिय सम्मेलनवाट केन्दीय सदस्य, केन्द्रीय उपाध्यक्ष, पृथ्वी नारायण क्याम्पस पोखरा, स्व.वि.यु. कोषाध्यक्ष
२०४१ देखि ४५ सम्म – नेपाल रेडक्रस सोसाईटी रोल्पा जिल्ला शाखाको मन्त्री
३६ देखि ४८ सम्म — विज्ञान र गणित शिक्षकको रूपमा १० वर्ष शिक्षण कार्य
२०४८ सालदेखि – रोल्पा जिल्ला पार्टी सेक्रेटरी (डि.सि.एस.), ने.क.पा.(मशाल)
२०४८ को निर्वाचनमा– रोल्पा २ वाट प्रतिनीधि सभा सदस्यमा निर्वाचित,
०५० मा संयुक्त जनमोर्चा नेपाल संसदीय दलको नेता
२०५० –क्षेत्रीय सङ्गठन समिति, सदस्य राप्ती, ने.क.पा. (एकता केन्द्र )
२०५१ – पश्चिचमाञ्चल क्षेत्रीय ब्युरो सदस्य, ने.क.पा (माओवादी)
२०५३ – असार – केन्दीय सदस्य,ने.क.पा (माओवादी)
२०५५ –पोलिटब्यूरो सदस्य, ने.क.पा (माओवादी)
२०५८ – तत्कालिन सरकारसँगको पहिलो वार्ता टोली संयोजक
२०६० – तत्कालिन सरकारसँगको द्रोसो वार्ता टोली सदस्य तथा प्रवक्ता
२०६१ – पार्टी प्रवक्ता ने.क.पा (माओबादी)
२०६२ – स्थायी समिति सदस्य ने.क.पा (माओवादी)
२०६२ – असोज सेक्रेटारियट सदस्य, केन्दीय समिति ने.क.पा (माओवादी)
२०६३ – तत्कालिन सरकारसँग वार्ताकोलागि गठित तेश्रो वार्ता टोलीको संयोजक
२०६३ – पौषमा अन्तरिम संविधान जारी पछि निर्मित अन्तरिम व्यवस्थापिका – संसदको सदस्य तथा माओवादीको संसदीय दलको नेता
२०६३ –चैतमा – अन्तरिम सरकारको सूचना तथा संचार मन्त्री र सरकारको प्रवक्ता
२०६४ –चैत – संविधानसभा सदस्य निर्वाचित, दाङ क्षेत्र नं.३
२०६५–भाद्र – अध्यक्ष प्रचण्ड नेतृत्वको पहिलो निर्वाचित गणतान्त्रिक सरकारको सूचना तथा संचार मन्त्री तथा सरकारको प्रवक्ता
२०६५– पार्टी एकतापछि ए.ने.क.पा (माओवादी)को स्थायी समिति सदस्य
२०६६– अन्तर्राष्टिय ब्युरोको ईन्चार्ज, ए.ने.क.पा (माओवादी)
२०६७ ए ने.क.पा (माओवादी) तर्फबाट नेपाल सरकारको उप–प्रधानमन्त्री तथा सूचना तथा सञ्चार एव. गृहमन्त्री २
०६९ एनेकपा (माओवादी) सातौ राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य तथा केन्द्रीय सङ्गठन विभाग प्रमुख
२०६९ अन्तरिम चुनावी मन्त्रिपरिषद निर्माणका लागी राजनीतिक सहमतिपत्र तथा अन्तरिम संविधान वाधा अड्काउ फुकाउ आदेश मस्यौदा निर्माण कार्यदलका सदस्य
२०६९ एनेकपा (माओवादी) सातौ राष्ट्रिय महाधिवेशनवाट केन्द्रीय सदस्य तथा केन्द्रीय सङ्गठन विभाग प्रमुख, मध्य ब्यूरो ईञ्चार्ज
११) विदेश भ्रमण – भारत , वेलायत , थाईल्याण्ड , चीन, अमेरिका, जापान, उत्तर कोरिया, मलेशिया, सिङ्गापुर, हङकङ , दक्षिण कोरिया, युएई, कतार बङ्गलादेश ।

(संभावनाको निकटमा पुगिसक्नु भएका सभामुख कृष्ण बहादुर महरा अब प्रधानमन्त्री,उपराष्ट्रपति,राष्ट्रपति,र पार्टीको अध्यक्ष पदमा रहेर देशलाई नयाँ संदेश दिने अवसर पाउनुहोला या नपाउनुहोला तर उहाँका सकारात्मक र महत्त्वपूर्ण योगदानहरुबाट नेपाली जनता भने प्रभावित भएकै हुन)

निवर्तमान सभामुख कृष्ण बहादुर महराको विवाद
सभामुख पद भनेको राष्ट्रको एउटा महत्त्वपूर्ण जिम्मेवारी पद हो।यतिबेला महरालाई आफ्नै कार्यालयकी एक विवाहित महिला रोशनि शाही नाम गरेकि कर्मचारीबाट बलात्कारको आरोप लागेपछि राजीनामा दिनुपरेको छ।यद्यपि महराले ती महिलासँग पुरानो पारिवारिक नाता रहेको र बिरामी हुँदा भेट्न मात्र गएको भन्दै आरोप अस्वीकार गरेका छन्।

प्रधानमन्त्री, उपप्रधान तथा गृहमन्त्री, उपप्रधान तथा रक्षा मन्त्री समेत रहेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय भनिने एक उच्च तहले भने साँझपख विवाहित महिलाको डेरामा एक्लै भेट्न जानु अनैतिक हुने ठहर गर्दै सभामुख र सा‌सद दुवै पदबाट राजीनामा दिनुपर्ने निर्णय गरेको सोही पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले सञ्चार माध्यमहरुलाई बताएका थिए।यसै प्रकरणमा पद र शक्तिको प्रयोग गरी यो विषयलाई राजनीतिकरण गरेको,प्रहरीलाई स्वतन्त्र अनुसन्धान गर्न सक्ने अवस्थामा व्यवधान सिर्जना गरेको र पीडितलाई दबाब दिएको हुन सक्ने भन्दै एक स‌वैधानिक अंग राष्ट्रिय मानव अधिकार आयोगले आश‌का व्यक्त गरेको छ।

प्रहरीले जिल्ला अदालत काठमाडौँ र उपसभामुख शिवमाया तुम्वाहाङ्फेको अनुमति लिएर महरालाई हिरासतमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।यद्यपि यो घटनामा महरा निर्दोष होलान् या दोषी ठहरिएलान यो अनुसन्धान सत्यतथ्य छानबिन गर्ने सम्बन्धित अदालतको पाटो हो।पछिल्ला दिनहरूमा महराको स्वास्थ्य स्थिति बिग्रदै गएको उहाँका निकट ब्यक्तिहरुको भनाई रहेको छ।

प्रतिक्रिया