युवालाई सुरक्षित वैदेशिक रोजगारीमा जाने सही तरिकाबारे जानकारी

admin

मकवानपुर, १९ फागुन : विदेश जान पासपोर्ट बनाएर प्रक्रिया गरिरहेका युवालाई सुरक्षित वैदेशिक रोजगारीको प्रक्रियाबारे जानकारी गराइएको छ । सुरक्षित बैदेशिक रोजगारका लागि आप्रवासी श्रोत केन्द्र मकवानपुरले जिल्लाको बकैया गाउँपालिकामा विदेश जाने प्रक्रियामा रहेका र विदेशबाट फर्किएका ३० जना युवालाई सुरक्षित रूपमा विदेश जाने प्रक्रियाबारे गहन अभिमुखीकरण कार्यक्रम गरेका हो ।

वैदेशिक रोजगार जाँदा अपनाउनु पर्न प्रक्रियाको बारेमा जानकारी गराउनुको साथै वैदेशिक रोजगारमा जाँदा इजाजातपत्रवाला म्यानवापर कम्पनीबाट जाँदा हुने फाइदाका बारेमा जानकारी गराइएको छ । म्यानपावरबाट जाने प्रक्रिया, श्रम स्वीकृति लिनुपर्ने, म्यानपावरलाई तिर्नुपर्ने रकम, विदेशमा पाइने काम र हुने कमाइका बारेमा बुझ्नुपर्ने कुरा लगायतको बारेमा पनि जानकारी गराइएको छ ।

सही तरिकाले इजाजतपत्रवाला म्यानपावरमार्फत विदेश गएमा भोलि कुनै समस्या हुँदा पनि म्यानपावर जिम्मेवार हुनपर्छ । सरकारले पनि उद्धार र राहतमा सहयोग प्रदान गर्छ । वैदेशिक रोजगारीमा जाँदा आवश्यक कागज, करार पत्र, भिसाको एकप्रति, मेडिकल लगायत जति पनि कागजात बनेको हुन्छ सबैको एकप्रति घरमा पनि छाड्नुपर्छ ।

सीपको महत्व र निःशुल्क सिक्न पाइने सीप र सीप सिकेर जाँदा हुने फाइदाका बारेमा पनि कार्यक्रममा जानकारी गराइएको छ । साथै आजकाल पुनः श्रम स्वीकृति विदेशबाट पनि लिन सकिने व्यवस्था भएको छ । यस्तै विदेश जानुअघि र विदेश पुगेपछि कुनै समस्या भएमा, कानुनी सहयोग, सीप वा अन्य जानकारी चाहिँमा आप्रवासी स्रोत केन्द्रमा सम्पर्क गर्न सकिन्छ ।

प्रतिक्रिया