रे’बिज लागेर मृ’त्यु, श’ङ्कास्पदलाई खो’प शुरु

admin

गोरखा, २६ चैत : गोरखाको सिरानचोक गाउँपालिका-२ स्थित माथिल्लो पाम क्षेत्रमा रे’बिज लागेर एक व्यक्तिको मृ’त्यु भएपछि अन्य श’ङ्कास्पद ४० जना स्थानीयवासीलाई रे’बिज’वि’रुद्धको भ्या’क्सिन लगाउन थालिएको छ ।

कुकुरले टो’केर स्थानीयवासी ४५ वर्षीय रामबहादुर गुरुङको मृ’त्यु भएपछि मृ’त्यु संस्कारमा सहभागी हुने व्यक्तिहरु र मृ’तकका परिवारलाई रे’बिज’वि’रुद्वको भ्या’क्सिन लगाउन थालिएको हो ।

‘रे’बिज लागेका व्यक्तिको मृ’त्यु संस्कारमा सहभागी भएकाहरु तथा मृ’तकको घरपरिवारका व्यक्तिमा रे’बिज सर्न सक्ने सम्भावना बढी हुन्छ, सिरानचोक गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख टुकमान श्रेष्ठले भने, “त्यसैले उहाँहरु सबैको पहिचान गरी रे’बिज’वि’रुद्धको भ्या’क्सिन दिन थालिएको छ ।”

गएको माघ २ गते मृ’तक गुरुङलाई आफ्नै घरमा पालेको कुकुरले टो’केपछि रे’बिज लागेर मृ’त्यु भएको थियो । कुकुरको टो’काइबाट रे’बिज लागेका गुरुङको चैत १३ गते मृ’त्यु भएको हो । गुरुङ बि’रामी परेपछि कुकुरकै जस्तो गरी आवाज निकाल्ने गरेको र आफ्नै श्रीमतीलाई समेत टो’केको स्थानीयवासीको भनाइ छ ।

माघ २ गते कुकुरले टो’केका गुरुङ करिब एकहप्तापछि देखि बि’रामी परेका थिए । उनको स्थानीय स्वास्थ्यचौकी र आँपपिलल अस्पतालमा उपचार गरिएको थियो तर गुरुङले आफूलाई कुकुरले टो’केको भन्ने कुरा लुकाएका कारण समयमा उपचार हुन नसक्दा मृ’त्यु भएको परिवारको भनाइ छ ।

त्यस क्षेत्रमा स्थानीयवासी कलाबती गुरुङ र हर्कबहादुर गुरुङसमेतलाई कुकुरले टोकेको शाखा प्रमुख श्रेष्ठले जानकारी दिए । हर्कबहादुर र कलाबतीलाई टो’क्ने कुकुरलाई स्थानीयवासीले निय’न्त्रणमा लिएर मारेका थिए ।

गाउँमा रे’बिजका कारण गुरुङको मृ’त्यु भएको पुष्टि भएपछि पहिलो चरणमा १६ जनालाई गोरखा अस्पतालमा र दोस्रो चरणमा गाउँमा नै थप २४ जना गरी कुल ४० जनालाई मंगलबार रे’बिज’वि’रुद्धको भ्याक्सिन लगाइएको स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले जानकारी दिए ।

“कोरोना भाइरसको सम्भावित सङ्क्रमणको जोखिमका कारण एकै पटक गाउँलेहरु स्वास्थ्य संस्थामा गएर भ्याक्सिन लगाउन सक्ने अवस्था पनि छैन । लकडाउन घोषणा गरिएकाले घर बाहिर नागरिकलाई निस्कनुभन्दा पनि गाउँपालिकाबाट नै स्वास्थ्यकर्मी परिचालन गरी घर घरमा पुगेर भ्या’क्सिन लगाउन थालिएको छ”, उनले भने ।

रे’बिज लागेको जनावरले टो’केका मानिसमा एकदेखि तीन महिनाभित्रमा रे’बिजको लक्षण देखिने उनको भनाइ छ । लक्षण देखिएका व्यक्तिको एकहप्ताभित्रमै मृ’त्यु हुनसक्ने भएकाले स्थानीयवासी त्र’सित भएका छन् ।

गाउँपालिकाले भने मंगलबारदेखि नै त्यस क्षेत्रमा पुगेर गाउँका सबै घरमा रे’बिजको लक्षण, सर्ने अवस्था, ध्यान दिनुपर्ने उपायका बारेमा घर घरमा पुगेर जानकारी गराउनसमेत शुरु गरेको छ ।

प्रतिक्रिया