वर्षको अन्तिम दिन सामान्य घट्यो सुनचाँदीको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, ३१ चैत : २०७७ सालको अन्तिम दिन मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार घटेर तोलामा ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै तेजाबी सुन तोलामा ८९ हजार ५० रुपैयाँमा कारोबार भएको छ । यसैबीच मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १२७५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर १२६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया