विमलले मछिन्द्रबाट लिग खेल्ने

admin

काठमाडौं, कार्तिक ७ :  ‘ए’ डिभिजन क्लब मछिन्द्र क्लवले बिमल घर्तिमगरलाई क्लवमा अनुबन्ध गरेको छ ।

काठमाडौंमा आइतबार मछिन्द्रले बिमलसँग औपचारिक रुपमा अनुबन्ध गरेको हो । क्लबका उपाध्यक्ष अनिल श्रेष्ठ र बिमलले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

सम्झौताको अवधि एक सिजनको रहेको छ । फरवार्ड बिमलले गत सिजन पनि मछिन्द्रबाट लिगको अन्तिम खेल खेलेका थिए । त्यस्तै उनले मछिन्द्रबाट मोफसलका केही प्रतियोगितामा सहभागीता जनाएका थिए ।

सम्झौतापछि बिमलले टिमलाई उपाधि जिताउने प्रयास गर्ने प्रतिक्रिया दिए । यो वर्ष सुरुवातै खेल्ने प्रयास गर्ने र टिमलाई उपाधि जित्न सहयोग गर्ने उनले बताए ।

त्यस्तै क्लबका उपाध्यक्ष तथा म्यानेजर अनिल श्रेष्ठले बिमलको आगमनले टिम बलियो बनेको प्रतिक्रिया दिए । यस सिजनको ‘ए’ डिभिजन लिग कात्तिक २९ गतेबाट सुरु हुँदैछ ।

 

प्रतिक्रिया