विश्वमा ८२ लाख ८४ हजार भन्दा बढी व्यक्ति कोरोनामुक्त

admin

काठमाडौं, २ साउन : विश्वमा कोरोना भाइरस संक्रमित भएका १ करोड ३९ लाख ५२ हजार ४०६ जना व्यक्तिमा ८२ लाख ८४ हजार २८५ व्यक्ति संक्रमण मुक्त भएका छन् ।

शुक्रबारसम्म प्राप्त समाचारअनुसार विश्वमा कोरोना भाइरसको संक्रमणबाट ५ लाख ९२ हजार ७५७ जना व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जानकारी दिएको छ ।

हाल विश्वभरमा ५० लाख ७५ हजार ३६४ व्यक्ति कोरोना संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितहरु मध्ये ५९ हजार ८८७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३६ लाख ९५ हजार २५ जनामा संक्रमित रहेका छन् ।

यस प्रकोपका कारण अमेरिकामा १ लाख ४१ हजार ११८ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ । दक्षिण अमेरिकामा ३१ लाख १६ हजार ३९३ जना कोरोना संक्रमति रहेका छन् । यहाँ १ लाख १२ हजार २९३ जनाको मृत्यु भएको छ ।

उत्तर अमेरिकामा ४३ लाख २६ हजार ८२८ जना संक्रमति रहेका छन् । यहाँ १ लाख ९२ हजार ४८७ जनाको मृत्यु भएको छ । युरोपमा २६ लाख २९ हजार ७२ जना कोरोना संक्रमित रहेका छन् भने १ लाख ९८ हजार १६६ को मृत्यु भएको छ ।

एसिया ३१ लाख ९९ हजार १६० जनामा संक्रमण रहेको छ भने ७५ हजार २५९ जनाको मृत्यु भएको छ । अफ्रिकामा ६ लाख ६७ हजार ३३४ जनामा संक्रमण रहेको छ भने १४ हजार ३९९ जनाको मृत्यु भएको छ । ओसियानामा १२ हजार ९०३ जनामा कोरोना संक्रमण रहेको छ भने १३८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया