सरकारी मोटरसाइकल चड्ने भाइरल युवायुवती मिडियामा, सनसनीपूर्ण खुलासा (भिडियो)

admin

काठमाडौँ : सरकारी मोटरसाइकलमा पश्चिमी शैलीको पोशाक लगाएकी युवतीसंग एक युवक हुइकि रहेको तस्विर केहिदिनदेखी सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सुरुमा त धेरैले यो फोटोसप हो भनेर पनि आफ्नो विचार पोखे । तर त्यो तस्विर वास्तविक थियो ।

त्यहि तस्विरका मुख्य पात्र मिडियामा आएका छन् । सरकारी नम्बर प्लेटको मोटरसाइकलमा अस्वाभाविक पोसाक लगाएकी युवती चढाएको भन्दै सामाजिक सञ्जालमा केही दिनदेखि उक्त फोटो भाइरल बनेको थियो । फोटोका बारेमा सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आएपछि उक्त मोटरसाइकलका चालक सरकारी कर्मचारी र उनीसँगै रहेकी युवती मिडियामा आएका छन् ।

उनीहरू दुवै गल्छी गाउँपालिकामा कार्यरत प्राविधिक भएको खुलेको छ । सरकारी नम्बर प्लेटको मोटरसाइकलमा युवती राखेर कुनै होटेल रिर्सोटमा समेत पुगेको गलत हल्ला समेत चल्न थालेपछि उनीहरू मिडियामा आएर आफ्नो कुरा राखेका हुन । ति युवकले आफुले खासै गल्ति नगरेको, यदि गल्ति भएको भए कानुन बमोजिम सजाय भोग्न पनि तयार रहेको बताएका छन ।
भिडियो हेर्नुहोस :

https://www.youtube.com/watch?v=YJ8-yvKJcg8&feature=emb_title

प्रतिक्रिया

सम्बन्धित समाचारहरू