पिएनपिखबर : कयौको भविष्यवाणी गरेर चर्चा कमाएकी माता सविता सरू शर्मा आचार्यले करेन्ट लागेर दुवै हात गुमाएकी मेघा घिमिरेलाई आफ्नै घरमा पत्रकार सम्मेलन गरी आर्थिक सहयोग गरेकी छिन् ।
उनले मेघालाई सहयोग स्वरूप ७ हजार ५ रुपैयाँ सहयोग गरेकी छिन्। माताले उनलाई नगदको साथै आसिर्बाद हौसला प्रदान गरेकी हुन्। आफु सामाजिक कल्याणमा सधै कुनै न कुनै रुपले अघि रहने माताको भनाई छ।
सरु माताले मेघाको भविष्यवाणी गर्दै उनका हात जोडीने र भविष्यमा उनको विवाह हुने योग देखिएको बताइन। मेघाको आगामी दिनहरु निकै राम्रो र सहज रहने माताको भबिष्यवाणी छ। सम्मेन कै क्रममा मातालाई भेटघाट गर्न आउने गण्डकी प्रदेशका नेपाल ज्योतिष परिषदका महासचिव कमल पौडलले मेघनालाई रु २ हजार आर्थिक सहयोग गरेका छन्।
आजका मितिसम्म लाखौको भविष्यवाणी गरिसकेको बताउने यी माता कहाँ सर्वसाधारण देखि कलाकार, ब्यापारी, लगायत शीर्ष नेताहरु समेत पुग्ने गर्छन्।
हेर्नुहोस भिडियो :