साढे १० लाख चोरी आरोपमा नाबालक प*क्राउ

राष्ट्रिय समाचार समिति

सुर्खेत, २६ फागुन : रु १० लाख ५० हजार चोरेको आरोपमा एक नाबालकलाई प*क्राउ गरिएको छ । वीरेन्द्रनगर नगरपालिका–६ खोर्केलाइनस्थित अधिवक्ता नन्दबहादुर भण्डारीको घरबाट चोरी गरेको आरोपमा प्र*हरीले आज ती नाबालकलाई नियन्त्रणमा लिएको हो ।



जिल्ला प्र*हरी कार्यालयका अनुसार किटानी जाहेरीका आधारमा नाबालकलाई प*क्राउ गरिएको हो । घरमा कोही नभएको अवस्थामा पछाडिको ढोकाबाट भित्र पसेर दराजको साँचो खोली रु १० लाख ५० हजार चोरी गरेको जाहेरीमा उल्लेख छ । प्र*हरीले ती नाबालकको नाम गोप्य राखेको छ ।

प्र*हरी नायब उपरीक्षक रवि रावलले चोरी भएको १२ घण्टाभित्रै शङ्कास्पद बालकलाई गि*रफ्तार गरिएको बताउनुभयो । “नाबालकको साथबाट रु एक लाख २० हजार बरामद गरेका छौँ”, उहाँले भन्नुभयो, “सोधुपछका क्रममा अन्य व्यक्तिकोसमेत संलग्नता रहेको खुलेको छ, अन्य व्यक्तिको खोजी कार्य तीव्र पारेका छौँ ।”

यसैबीच सुर्खेत प्र*हरीले झण्डै सात ग्राम ला*गुऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । आइतबार राति १०ः३० बजे वीरेन्द्रनगर–११ सुब्बाकुना चेकपोष्टमा सवारीसाधन जाँच गर्ने क्रममा नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको बा५ख ५९९४ नम्बरको गाडीको अगाडिको सिसाको तल कालो प्लास्टिकमा बेरेर राखेको अवस्थामा उक्त ला*गुऔषध बरामद गरिएको हो । प्र*हरीले गाडीमा सवार एक यात्रु, गाडी चालक, सहचालक र गाडीसमेत नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया