सार्वजनिक यातायातमा हस्थमैथुन गरेर महिलाको टाउकोमा बिर्य झार्ने युवक प्रहरी फन्दामा(भिडियो सहित )

admin

काठमाडौं, पुस २९: एक वर्षअघि सार्वजनिक बसमा अश्लील हर्कत गरेर सामाजिक सञ्जाल फेसबुकमा अपलोड गर्ने व्यक्तिलाई प्रहरीले पक्रेको छ । निकै भाइरल भएको ‘बस काण्ड’ प्रकरणमा संलग्न रहेको भन्दै प्रहरीले लामो अनुसन्धानपछि सोमबार साँझ उक्त व्यक्तिलाई चितवनबाट पक्राउ गरेको हो ।

नाम नखुलाइएका उनलाई काठमाडौं ल्याइएको जनाइएको छ । निजले भिडियो अपलोड गरेको स्वीकारेको बताइएको छ । भिडियो खिचिएको बस काठमाडौंको डल्लु क्षेत्रमा चल्ने खुलेपछि प्रहरीले अनुसन्धान तीब्र बनाएको थियो ।

हेर्नुहोस् भिडियो

भाइरल भएको भिडियोमा सार्वजनिक बसभित्र उक्त युवकले हस्तमैथुन गरी अघिल्लो सिटमा बसेकी महिलाको कपालमा स्खलन गरेको देखिन्थ्यो । यद्यपि, दृष्यमा युवक र महिला दुबैको अनुहार नदेखिँदा अनुसन्धान गर्न केही समय लागेको प्रहरीले जनाएको छ ।

यस्तो दृष्य बाहिरिएपछि जनस्तरमा तीब्र आलोचना भएको थियो । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुले पक्राउ परेका अभियुक्तलाई सार्वजनिक गर्दैछ ।

प्रतिक्रिया