सालकको खपटासहित एक जना पक्राउ

रिता घिसिंग

बनियानी : झापाको दमक नगरपालिकाबाट बिहीबार साँझ सालकको खपेटासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ का ३० वर्षीय सुरज चेम्जोङ रहेका छन् ।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले लोपोन्मुख वन्यजन्तु सालकको ३५० ग्राम खपेटासहित चेम्जोङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका चेम्जोङलाई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान भइरहेको छ ।

अवैध समान बरामद
यसैबीच, झापाको मेचीनगर–६ बाट प्रहरीले बिहीबार साँझ करिब रू ७५ हजार मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले अवैध रुपमा भन्सार छलेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको किराना तथा हार्डवेयरका समानहरु बरामद गरेको हो ।
बरामद सामान आवश्यक कारबाहीका लागि आज मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइने इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ ।रासस

प्रतिक्रिया