सुनको मुल्य घट्यो, हेर्नुहोस आज कतिमा कारोबार भैरहेको छ ?

रिता घिसिंग

कात्तिक १५, काठमाडौँ : आज बिहीबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ। बुधबारको तुलनामा आज सुनको भाउ १ सय रुपैयाँले घटेको हो।

बुधबार प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज प्रतितोला ५९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजाबी सुनको मूल्य ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया