सुनको मूल्य : तोलाको ७८ हजार आठ सय रुपैयाँ

admin

काठमाडौं, ११ फागुन : पछिल्लो समय सुनको मूल्य बढ्ने क्रम रोकिएको छैन । सुनको मूल्य आइतबार तोलामा सात सय रुपैयाँ बढेर तोलाको ७८ हजार आठ सय रुपैयाँ पुगेको छ ।

अन्तराष्ट्रिय बजारमा सुनको मूल्य आइतबार शनिबारको भन्दा १८ डलरले बढेर प्रति औंस १६ सय ४४ डलर पुगेको छ । एक औंसमा दुई तोला साढे ६६ लाल हुन्छ ।

अहिलेको अवस्था हेर्दा सुनको मूल्य यही हप्ता नै तोलको ८० हजार पुग्ने नेपाल सुनचाँदी व्यवसायी महासङ्घअन्तर्गतको मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यको अनुमान छ ।

यस्तै, चाँदी आइतबार तोलामा पाँच रुपैयाँ बढेर तोलाको ९ सय २० रुपैयाँ पुगेको छ । चीनको वुहानमा सुरु भएको कोरोना भाइरस विभिन्न देशमा फैलिएपछि सुनमा लगानीकर्ताको आकर्षण बढ्दा मूल्य महँगो भएको बताइएको छ ।

प्रतिक्रिया