सौतेनी आमाले राती सुतेको बेला चिर्पट दाउराले हानेपछि दुई महिनाको बच्चा च्यापेर यी महिला सडकमा अलपत्र [हेर्नुहोस् भिडियो]

पूजा बानियाँ

पिएनपिखबर, भक्तपुर। गत बैशाख महिनादेखी भक्तपुरका सडक तथा सार्वजनिक स्थलहरुमा कष्टकर जीवनयापन गर्न बिवश बेवारिसे सडक मानवहरुलाई सेवा दिदै आइरहेको मानव कल्याण समाज थुप्रै असहायहरुको आशाको दिपक बन्ने प्रयासमा छ र बनिरहेको पनि छ। त्यहीँ आश्रित थुप्रै वेवारिसे सबैको आ-आफ्नो बेग्लै कथा छ। ती मध्य एक महिलाको कथा भने बढो घात लाग्दो छ।

यो कथा हो सम्झनाको जो दुइ महिनाको बच्चा च्यापेर सडकमा वेवारिसे रुपमा जीवन बाँचीरहेकी थीइन। उनले सुस्तरी आफ्नो जीवनको कथा बताइन। आफ्ना जीवनमा भोगेका भोगाइ सुनाउन उनले घरको रहनसहनबाटै शुरु गरिन्।

‘घरमा कान्छी आमा र जेठी आमा थिए। म चाही कान्छी पट्टिको जेठी आमाले मलाई एकदम हेला गर्नु हुन्थ्यो। एकदिन म सुतिरहेको बेला रातिको बाह्र बजे कान्छी आमा माइत गएको बेला पारेर जेठी आमाले चिर्पट दाउराले मेरो टाउकोमा हान्नु भयो। त्यसपछि मैले केहि थाह पाइन। म बेहोस भए। ‘ उनले रुन्चे स्वरमा सुनाइन। उनको टाउकोमा अझै घाउको दाम छ। ‘दाउराको छेस्को पसेर कतिन्जेल दुख्नि, पाक्नी भइरह्यो , उपचार गर्दै गरे पछि अहिले चाही निको भएको छ तर तपाईले डाम अझै देख्न सक्नुहुन्छ।’ उनले घाउ भएको ठाउँ छाम्दै भनिन्।

घरमा अत्याचार हुन थालेपछि उनलाई त्यहाँ बस्न मन लागेन र उनी घरबाट भागिन्। उनी एक्ली थिईनन्। उनको गर्भमा नवजात शिशु पनि थियो। केहि समय अघि मात्रै उनका श्रीमानको सवारी दुर्घटनामा मृत्यु भएको थियो। त्यसैले पनि उनी माइतको शरणमा गएर बसेकी थिइन्। तर त्यहाँ पनि उनलाई अभद्र व्यवहार गरिएकोले उनी त्यहाँ बस्न सकिनन्।

‘आफ्नै भिनाजु प्रहरी हुनुहुन्छ म उहाँ कै सहयोगमा काठमाडौँसम्म आइपुगे। काठमाडौँ त आए तर कहाँ जाने कता बस्नी, के खानी मलाई केहि थाहा थिएन।’ भन्दै उनले आफ्नो काठमाडौँ सम्मको यात्रा सुनाइन्। उनको अरु केहि विकल्प नभए पश्चात उनले आत्महत्या गर्ने निधो गरिन्। उनी खोलाको किनारमा आत्महत्या गर्न जाँदा प्रहरीले देखेर उनलाई मर्नबाट बचाए। उनको गर्भमा रहेको बच्चाले पछि पलिहाल्छ नि अहिले यस्तो मुर्ख बुद्धि किन गरेको भन्दै प्रहरीले थर्काए पछि उनलाई हो जस्तो लाग्यो। उनी प्रहरी कै सहयोगमा एक संस्था सम्म पुगिन्।

उक्त संस्थाबाट उनी कति बेला कुन अवस्थामा फेरी सडकमा आईन् त्यो कुरा भने उनलाई याद छैन। जब भक्तपुरमा रहेको मानव समाज कल्याणकि अध्यक्ष सुमित्रा चौलागाईले सम्झनालाई भेटिन् त्यो बेला सम्झना आफ्नो दुई महिनाको बच्चा च्यापेर सडकमा अलपत्र अवस्थामा भेटिएकी थिइन्। उनी आफ्नै बच्चा पनि सम्हाल्न नसक्ने अवस्थामा थिईन्। मनारोगी भएकै कारण उनले आफ्नो बच्चालाई छोडेर सम्म हिड्ने गर्थिन्।

मानव समाज कल्याणमा आए देखि उनको अवस्था निकै सुध्रिएको छ। उनी मानसिक रुपमा पनि बिस्तारै निको हुँदै छिन्। उनले उनलाई याद भए जतिको कुराहरु सबै क्रमश बताइन्। उनको छोरीको भर्खरै मात्र अन्न प्राशनको कार्यक्रम पनि उक्त संस्थामा नै सम्पन्न भएको छ। सम्झनाको छोरीलाई संस्थाले नै राखिदिएको नाम ‘प्रतिभा’ हो। संस्थामा उनी सबैको आशाको दिप पनि बनेकी छिन्।

बाँकी सम्झनाको दर्दनाक कथा हेर्नुहोस् भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू