हिमाली क्षेत्रका केही ठाउँमा हिमपात

admin

काठमाडौं, ७ माघ : बुधबार उच्च हिमाली भूभागका एक/दुई ठाउँमा हिमपातको सम्भावना रहेको छ । हिमपातको सम्भावनासहित बुधबार देशका विभिन्न ठाउँको आकाशमा बादल लागेर राम्रोसँग घाम नलाग्ने र तापक्रम घट्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै तराईमा बिहानदेखि नै बाक्लो हुस्सु र कुहिरो लाग्न सुरु भएकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । महाशाखाका अनुसार अहिले प्रदेश १ को पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली छ ।

पहाडी क्षेत्रका केही ठाउँ र तराईका धेरैजसो ठाउँमा हुस्सु र कुहिरो लागिरहेको छ । प्रदेश १, वाग्मती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अरु ठाउँमा मौसम सफा रहने महाशाखाले जनाएको छ ।

यस्तै महाशाखाका अनुसार प्रदेश नं १ का पहाडी भूभागका एक वा दूई ठाउँमा पानी पर्ने र प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका उच्च हिमाली भूभागमा हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया