ह्वातै बढ्यो सुनको भाउ , तोलाको कति ?

admin

काठमाण्डाै :सुनको भाउ साेमबार तोलामा पाँच सय रुपैयाँ बढेको छ ।सुन साेमबार तोलाको ७६ हजार रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार तोलामा ३ सय रुपैयाँ बढेको सुनको भाउ साेमबार तोलामा थप पाँच सय रुपैयाँ बढेको हो ।

यस्तै चाँदी आइतबार तोलामा पाँच रुपैयाँ बढेर तोलाको नाै सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । पछिल्लाे केही महिनादेखि सुनकाे भाउ अस्थिर जस्तै छ, जसकाे प्रभाव व्यापारमा परेकाे व्यवसायीहरु बताउँछन् ।

प्रतिक्रिया