हिरासतकै शौचालयमा थुनुवाले गरे आत्महत्या

admin

जनकपुरधाम, १५ साउन :  जिल्ला प्र हरी कार्यालय धनुषाको हिरासतमा रहेका एक थुनुवाले हिरासतको शौचालयमा पासो लगाई आ त्म ह त्या गरेका छन्। शुक्रबार बिहान करिब साढे ४ बजेतिर थुनुवाले आ त्म ह त्या गरेको धनुषाका प्र हरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए।

लक्ष्मिनिया गाउँपालिका-२ का ४० वर्षीय पल्टु रविदास शौचालयको भेन्टीलेसनमा पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेका हुन्। आफ्नै भाई विल्टु रविदाससँग घरायसी विवादमा परेर ज्यान मार्ने उद्योग र अंगभंग मुद्दामा प क्राउ परेका पल्टु आर्थिक अभाव र जेल जाने भयका कारण आ त्मह त्या गरेको हुन सक्ने प्र हरीको अनुमान छ।

धनुषा जिल्ला अदालतबाट दुई लाख धरौटी माग भएको र सो रकम तिर्न नसकेको कारण थुनामा राख्न कारागार कार्यालय सिन्धुली पठाउन आदेश दिएको थियो।

थुनुवालाई कारागारमा बुझाउने प्रयोजनको लागि हिरासतमा राखिएकै अवस्थामा पल्टुले आफ्नै गञ्जीको पासो बनाई घाँटीमा झुण्डिएर मृ त्यु भएको प्र हरीले जनाएको छ।

प्रतिक्रिया