मङ्गलबारे, ९ असोज: नेपाल प्रेस युनियन इलामको सोमबार सम्पन्न आठौँ जिल्ला अधिवेशनले युवराज भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा सविता पाण्डे र सुनिता राई, सचिवमा टीका खतिवडा, सहसचिवमा यमुना लुइँटेल र कोषाध्यक्षमा राजीव न्यौपाने चयन हुनुभएको छ । समितिको सदस्यमा शिवकुमार थापा, दुर्गाभवानी पोखरेल, प्रकाश नेपाल र नरेन्द्र थापा चयन भएका छन् ।
अधिवेशनले तोयानाथ भट्टराई, ठाकुर नेपाल, दीपकराज शर्मा, दिनेश महत, विनु खड्का, धर्मराज शर्मा, नरबहादुर बस्नेत, विनय तिम्सिना, गोपाल निरौला, गगन घिमिरे, कृष्ण पाठक, लीला थापा, विवेक घिमिरे, रेश्मा अधिकारी, मीना खतिवडा, सरस्वती लिम्बू, कृष्णकला खतिवडा, सुमित्रा खड्का, सिर्जना श्रेष्ठ र सुजता सुनुवारलाई प्रदेश पार्षदमा चयन गरेको छ ।
-रासस