काठमाडौं, असोज ९: नूरप्रसाद अधिकारीले आफ्नो पक्षमा फैसला नभएपछि न्यायाधीशलाई अश्लील गालीगलौज गर्दै इजलास अधिकृतमाथि हातपात गरेका छन् । उनले अधिकृतलाई कुर्सी प्रहार गरेको आजको नयाँपत्रिका दैनिकले लेखेको छ ।
गोरखा फुजेलका नूरप्रसाद अधिकारीले मुद्दा हारेपछि पाटन उच्च अदालतमा तोडफोडसमेत गरेका छन्। नूरप्रसादले वारेसमार्फत अदालतमा चलिरहेको मुद्दा हारेपछि तोडफोड गरेको अदालतले जनाएको छ । पाटन उच्च अदालतका सूचना अधिकारी ध्रुव सुवेदीका अनुसार इजलास अधिकृत रोशन बस्नेतसहित अदालतका कर्मचारीमाथि पनि आक्रमण भएको छ ।
नूरप्रसादले प्रहार गरेको कुर्सी छल्न सकेकाले मानवीय क्षति हुनबाट जोगिएको भन्दै सुवेदीले बस्नेतलाई ताकेर हानिएको कुर्सीले लागेर अदालतको झ्यालका सिसा फुटेको जानकारी दिएका छन् ।