महोत्तरीको गौशालामा मृतावस्थामा चितुवा

कृष्ण रोकाया

महोत्तरी, ९ असोज : महोत्तरीको गौशालामा मृतावस्थामा चितुवा फेला परेको छ । आज मध्याह्न गौशाला नगरपालिका–१२ पुरानो कान्तिबजारस्थित बाँके नदीको छेउका बासिन्दा सुक्रे कामीको खेतमा फेला परेको सो चितुवाको मृत शरीर कुहेको र कीरा परेको स्थानीय चन्देश्वरसिंह कुशवाहाले जानकारी दिनुभयो ।

खेतमा काम गर्नका लागि गएका बेला मृत चितुवा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरीको टोलीले घटनास्थलमा पुगी अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक भोला भट्टले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया