पिएनपिखबर, भक्तपुर : भेषराज सापकोटा उमेरले निकै साना छन्। ग्रिन तारा ह्याभेन स्कुलमा उनी कक्षा ५ मा अध्ययनरत छन्। गीत गाउँ रुचि राख्ने उनी अशोक दर्जी जस्तै भारल हुन चाहन्छन्। उनले आफै भने ,’म अशोक दर्जी जस्तै हुन चाहन्छु। ‘
मिठो स्वर भएका उनलाई भाग्यले ठगेको होला सायद। उनको पिता कहाँ छन् उनलाई थाहा छैन। उनको आमाले भने अनुसार उनको पिताको मानसिक सन्तुलन गुमेको थियो। त्यसैले उनको पिता कता गए कसैलाई थाहा छैन। उनकी आमा ओखलढुंगाको एक गाउँमा एक्लै बस्छिन। शारीरिक रुपमा अपाङ्गता भएता पनि उनी अरुको घरमा काम गरेर आफ्नो एक्लो ज्यान पालिरहेकी छिन् । उनको आमाको एक हात चल्दैन र आँखा राम्रोसँग देख्दिनन्। आगोमा डढेर त्यस्तो भएको उनले बताए।
राम कृष्ण ढकाल, प्रमोद खरेल चिन्छु भन्दै उनले यी दुई गायकको नाम लिए। प्राय जसो उनी क्लासिकल गीत गाउने अनि सुन्ने गर्छन्। हुन त उनलाई गीत सुनेर बस्नलाई आफुसँग मोबाइल छैन तर पनि उनी आफ्नो ठुलोबाबाको मोबाइलमा हेर्ने गर्छन्।
नेपाल आइडल, भ्वोइस अफ नेपाल जस्ता गायकी रियालिटी शो साना बच्चाहरुको लागि पानि आए हुन् थ्यो भन्ने उनको इच्क्षा छ। कलिला बालबालिकाको पनि आफुमा भएको प्रतिभा देखाउन पाए उनीहरुको मनोबल र कला अझै तिखारिनेमा दुई मत छैन। उनी पनि यदि यस्ता गाउने रियालिटी शो आयो भने त्यहाँ आफु पनि जाने उनले बताए।
अहिले हाल उनी आरुबारी, काठमाडौँमा आफ्नो ठुलबाबासँग बसेका छन्। ५ वर्षको उमेरमा नै उनलाई घरमा आर्थिक अवस्था कम्जोर भएकोले उनको हजुरआमाले काठमाडौँ ल्याइदिएकि थिइन्। आमा शारीरिक रुपमा अपांग र बाबाको अत्तोपत्तो नभएकोले उनलाई छात्रवृत्ति छ। उनको उत्तिकै उत्कृष्ट छ। अब उनी गायन क्षेत्रमा केहि गर्न चाहन्छन्। उनलाई ठुलो भएपछि चर्चित गायक अनि कलाकार बन्न मन छ। उनको यो सपना पुरा गरिदिन कोहि आफ्नो सहयोगी हात अगाडी बढाउन चाहानुहुन्छ भने आरुबारी, काठमाडौँमा रहेको ग्रिन तारा ह्याभेन स्कुलमा सम्पर्क गर्नसक्नुहुन्छ।
हेर्नुहोस् भिडियो :