तीन किलो सुनसहित दुईजना पक्राउ

admin

काठमाडौं, असोज ९: काठमाडौंको टोखाबाट प्रहरीले तीन किलो अवैध सुनसहित दुईजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले सोमबार राति रसुवाको गोसाइँकुन्ड गाउँपालिका–१ घर भएका पेम्बा लामा र नरबहादुर घलेलाई सो सुनसहित पक्राउ गरेको हो ।

रसुवाको केरुङ नाका हुँदै ल्याइएको सो सुनको नेपाली बजारमा एक करोड ५० लाख रुपैयाँभन्दा बढी मूल्य पर्दछ ।टोखाबाट सामाखुसीतर्फ आउँदै गरेको एउटा मोटरसाइकल चेकजाँचकाक्रममा पेटीमा लुकाइराखेको अवस्थामा १२ टुक्रा सुन भेटिएको प्रहरीले जनाएको छ ।

फक्राउ परेका लामा र घलेले यसअघि पनि सुन ल्याउने गरेको र प्रतिकिलो सुन ल्याएबापत ५० हजार रुपैयाँ लिने गरेको बताएको पनि प्रहरीले जनाएको छ ।उनीहरुलाई राजश्व अनुसन्धान विभागमा बुझाइएको महानगरीय प्रहरी परिसर काठमाडौं एसएसपी बसन्त लामाले जानकारी दिए ।

प्रतिक्रिया