काठमाडौँ, ९ असोज : सभामुख कृष्णबहादुर महराले पर्यटन क्षेत्र नेपालको आर्थिक समृद्धिको मूल आधार भएको बताउनुभएको छ । आज यहाँ आयोजित नेपाल पर्यटन पत्रकार महासङ्घ (नेफ्टोज) को तेस्रो केन्द्रीय साधारणसभाको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “मुलुकको विकास र समृद्धिका लागि पर्यटन प्रवद्र्धन अपरिहार्य छ, यसमा सरकारसहित सबै क्षेत्र लाग्नुपर्दछ ।”
सभामुख महराले नेपाललाई विश्वको पर्यटकीय गन्तव्य बनाउन आवश्यक पूर्वाधार निर्माणको आवश्यकता रहेको बताउनुभयो । नेपाल पर्यटन पत्रकार महासङ्घले शुरु गरेको विधागत पर्यटन पत्रकारिताले मुलुकमा नयाँ आयाम थपिएको भन्दै उहाँले पर्यटनको प्रवल सम्भावनालाई महासङ्घको गतिविधिले यस क्षेत्रमा उन्नयन हुने विश्वास व्यक्त गर्नुभयो ।
महासङ्घका अध्यक्ष धनीराम शर्माले पश्चिम नेपालबाट थालिएको पर्यटन क्षेत्रको विधागत पत्रकारिताले राष्ट्रियस्तरसम्म आइपुग्दा अपेक्षित आकार लिएको बताउँदै मुलुकको विकासमा महासङ्घले विधागत पत्रकारिताबाट सहयोग पु¥याउन अनवरत रुपमा लागि पर्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा राष्ट्रिय समाचार समितिका महाप्रबन्धक ओपेन्द्र शर्मासहित देशभरिका १५० भन्दा बढी पर्यटन पत्रकारको सहभागिता छ ।
-रासस