संसद सचिवालयको प्रवक्तामा डा रोजनाथ पाण्डे

मनिषा थापा

काठमाडौँ, १० असोज  :  सङ्घीय संसद् सचिवालयको प्रवक्तामा सहसचिव डा रोजनाथ पाण्डेले जिम्मेवारी पाउनुभएको छ ।

संसद् सचिवलाय सञ्चालन तथा व्यवस्थापन समितिले यही असोज ४ गतेको निर्णयबाट डा पाण्डेलाई उक्त जिम्मेवारी दिइएको सचिवालयले जनाएको छ ।

यसअघि प्रवक्ता रहनुभएका सहसचिव डा भरतराज गौतमको सचिवमा बढुवा भए पछि पाण्डेलाई जिम्मेवारी दिइएको हो । रासस

प्रतिक्रिया