राष्ट्रियसभा बैठक : शान्ति सुरक्षाको अवस्था खस्किएकामा चिन्ता

मनिषा थापा

काठमाडौँ, १० असोज  :  राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले मुलुकभर शान्ति सुरक्षाको अवस्था खस्किएको, अपराधी राज्यभन्दा बलिया भएको हुने प्रवृत्तिको नियन्त्रण गर्न सरकारले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

सभाको शून्य समयमा बोल्दै सांसद अनिता देवकोटाले शक्तिशाली सरकार भए पनि देशभर नागरिक असुरक्षामा बस्नुपरेको र राज्यको उपस्थिति देख्न नपाइएकामा सरकारको आलोचना गर्नुभयो । कञ्चनपुरको १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको सम्बन्धमा छानबिन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभयो ।

सांसद देवकोटाले सरकारले जनअपेक्षालाई सम्बोधन गर्न नसकेकामा गुनासो गर्दै नागरिकलाई राज्यको अनुभूति गराउन माग गर्नुभयो ।

यस्तै सांसद कमलाकुमारी ओलीले चाडबाडको समयमा चिनीको मूल्यवृद्धि गरिएको भन्दै आपत्ति प्रकट गर्नुभयो । सार्वजनिक यातायातमा एकाधिकारको अन्त्य भए पनि व्यावहारिक रूपमा त्यस्तो नभएको भन्दै सरकारले प्रभावकारी काम गर्न नसकेको बताउनुभयो । सांसद उदया शर्मा पौडेलले प्राकृतिक उपचार प्रणालीको विकास र विस्तारमा जोड दिन माग गर्नुभयो । (रासस)

प्रतिक्रिया