तीन तहका सरकारका बीच समन्वयमा जोड

admin

काठमाडौँ, ११ असोज: राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर जबराले मुलुकमा बहुदलीय व्यवस्थापछि सबैभन्दा बलियो सरकार अहिले गठन भए पनि देशमा सामाजिक परिवर्तन र आर्थिक रुपान्तरण हुन नसकेको विचार व्यक्त गर्नुभएको छ ।

पार्टीले सञ्चालन गरेको केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमको आज उद्घाटन गर्दै अध्यक्ष राणाले दण्डहीनताका कारण महिला हिंसा, बलात्कार र हत्याका घटनामा वृद्धि भएका चिन्ता व्यक्त गर्नुभयो । तीन तहका सरकारका बीचमा आवश्यक समन्वय र सहकार्य हुनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

उहाँले दशैँलगायत चाडपर्वका बेला व्यापारीले मूल्यवृद्धि गराउने उद्देश्यले उपभोग्य सामग्रीको कृत्रिम अभाव गरेकाले त्यसको न्यूनीकरणका लागि बजार नियमन गरी कालाबजारीलाई कारवाही गर्न सरकारलाई आग्रह गर्नुभयो । शुक्रबारसम्म चल्ने प्रशिक्षणमा सातै प्रदेश र जनवर्गीय सङ्गठनका अगुवा प्रतिनिधिलाई नेतृत्व विकास, सङ्गठन विकास, पार्टीको सैद्धान्तिक अवधारणालगायत विषयमा दीक्षित गरिने छ ।
-रासस

प्रतिक्रिया