पत्रकारितालाई मर्यादित र व्यावसायिक बनाउनुपर्छ

admin

भक्तपुर, ११ असोज: पत्रकारितालाई व्यवस्थित, मर्यादित र व्यवसायिक बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालले आज भक्तपुरको नगरकोटमा आयोजना गरेको ‘सञ्चार र लोकतन्त्र’ विषयक अन्र्तक्रियामा उनीहरुले सञ्चार क्षेत्र कमजोर हुँदा लोकतन्त्र पनि कमजोर बन्ने बताउनुभयो । सो अवसरमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले विज्ञान र प्रविधिको उपलब्धीलाई सञ्चार क्षेत्रले सहीरुपमा सदुपयोग गर्नुपर्नेमा जोड दिदैँ पत्रकारितालाई व्यावसायिक बनाउन सीप र क्षमता अभिवृिद्ध गर्नुपर्ने बताउनुभयो ।

पत्रकार महासङ्घका पूर्वअध्यक्ष एवं नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले सञ्चार क्षेत्रभित्रका कमिकमजोरीलाई गहन ढङ्गबाट समीक्षा गर्दै यस क्षेत्रलाई थप प्रभावकारी, मर्यादित र व्यावसायिक बनाउनुपर्ने बताउनुभयो । उहाँले हालै जारी भएको मुलुकी संहितामा (देवानी र फौजदारी) सञ्चार क्षेत्रको भूमिकालाई कमजोर बनाउने कार्य भएको विषयमा पनि समीक्षा गर्नुपर्ने आवश्यकता माथि जोड दिनुभयो ।

राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिम्सिनाले सूचनाको हकको प्रयोगले मात्र लोकतान्त्रिक व्यवस्था सबल र सुदृढ हुने विश्वास व्यक्त गनुृभयो । सार्वजनिक महत्वका सबै सूचनालाई जनताको पहुँचमा पु¥याउन सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । राससका महाप्रबन्धक ओपेन्द्र शर्मा, वरिष्ठ पत्रकार शम्भु श्रेष्ठ, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, वरिष्ठ उपाध्यक्ष माधव नेपाल, उपाध्यक्ष विश्वमणि सुवेदी, प्रेस सेन्टर नेपालका उपाध्यक्ष बलराम थापा, पत्रकार ऋतुराज सुवेदीलगायतले सञ्चार क्षेत्र बलियो, मर्यादित र व्यवसायिक भए मात्र सङ्घीय लोकतान्त्रिक गणतन्त्र बलियो हुने बताउनुभयो ।
-रासस

प्रतिक्रिया