राज्यबाट न्याय नपाएको द्वन्द्वपीडितको गुनासो

admin

उर्लाबारी, १२ असोज :मोरङ, उर्लाबारीका द्वन्द्वपीडित परिवारले राज्यबाट उचित न्याय नपाएको गुनासो गरेका छन् । द्वन्द्वपीडित साझा चौतारी उर्लाबारी नगरसमितिले आज दिउँसो पत्रकार सम्मेलन गरी राज्यले द्वन्द्वपीडितलाई उपेक्षा गरेको गुनासो गरेका हुन् । साँझा चौतारीका उर्लाबारीका संयोजक भीमबहादुर राउतले द्वन्द्वपीडितलाई न्याय दिलाउने अभियानमा जोडिए पनि आफैंले अझै पनि पूर्ण राहतसमेत पाउन नसकेको बताउनुभयो ।

चाँडै प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएर यसको ध्यानाकर्षण गराउने पनि उहाँले बताउनुभयो । राज्यले तत्काल पटक–पटक गरेर रु १० लाख क्षतिपूर्ति दिए पनि परिपूरण क्षतिपूर्ति र जीवन निर्वाहका लागि व्यावसायिक ऋण उपलब्ध गराउन माग गर्नुभयो ।
उर्लाबारीमा १७ द्वन्द्वपीडित परिवार रहेका छन् ।
-रासस

प्रतिक्रिया