प्रेस युनियनको अध्यक्षमा पन्त

admin

बागलुङ, १३ असोज: नेपाल प्रेस युनियन बागलुङ शाखाको अध्यक्षमा प्रदीप पन्त सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन बागलुङको आज सम्पन्न साताँै जिल्ला अधिवेशनले पन्तको नेतृत्वमा १६ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा सुवास आचार्य, समावेशी उपाध्यक्षमा सङ्गम घर्ती, सचिवमा नारायण रिजाल, सहसचिवमा सविना अधिकारी र कोषाध्यक्षमा जेनिसा नायरलाई चयन गरिएको छ । सदस्यहरुमा सुमन जिसी, रामशरण पोखरेल, छविलाल पाण्डेय, चन्द्रमणि न्यौपाने, नवराज नेपाली, सुरेश छन्त्याल, जयन्द्र सापकोटा, शर्मिला बस्नेत, निर्मल केसी, सुरक्षा खड्का र प्रविना रोका मगर रहनुभएको छ ।
-रासस

प्रतिक्रिया