कर्णाली नदीमा शव फेला

admin

धनगढी, १३ असोज : कैलालीको टीकापुर नगरपालिका–८ सत्ती बजार नजिकको कर्णाली नदीमाथि बनेको पुलमुनि आज एक व्यक्ति मृत फेला परेका छन् ।

पुलमुनिको ‘पिलर’मा रहेको झ्याङमा अड्किएर पानीमा तैरिरहेको अवस्थामा अन्दाजी ४२ वर्षीय एक व्यक्ति मृत फेला परेकामा मृतकको सनाखन हुन नसेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । शव टीकापुर अस्पतालमा राखिएको छ । रासस

प्रतिक्रिया