आन्दोलन गर्ने खाँणको चेतावनी

admin

बुटवल, १३ असोज: नेपाली काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले जनतासँग सरोकार राख्ने विषयमा राष्ट्रिय र स्थानीयस्तरबाट आन्दोलन गर्ने चेतावनी दिनुभएको छ । नेपाली काङ्ग्रेस रुपन्देही क्षेत्र नं ३ ले आज भैरहवामा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता खाँणले भष्ट्राचार, बलात्कार, हत्या, हिंसा तथा महङ्गी बढ्दा सरकार संवेदनशील नदेखिएको आरोप लगाउनुभयो ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य जीवन परियारले सरकारले हत्या, हिंसा र बलात्कारका आरोपीलाई कारवाही गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने अपराधीलाई अहिले कारवाही गर्न नसकेको भन्दै सरकारको आलोचना गर्नुभयो ।
-रासस

प्रतिक्रिया