पार्टी विधान संशोधनमा जुटेको छ : उपसभापति निधि

रिता घिसिंग

घोराही, १४ असोज : नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले अहिले पार्टी नेतृत्व विधान संशोधनमा जुटेको बताउनुभएको छ ।

पे्रस युनियन दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उपसभापति निधिले पार्टी अहिले सातवटै प्रदेशका १२ स्थानमा विधान संशोधनको लागि सुझाव सङ्कलनमा जुटेको बताउनुयो । सङ्घीय संरचनाअनुसार पार्टीको गतिविधि सञ्चालन गर्नुपर्ने हँुदा अहिले पार्टीको सबै शक्ति त्यततर्फ लागेको उहाँको भनाइ थियो ।

काङ्गे्रस ऐतिहासिक पार्टी भएको हँुदा लोकतान्त्रिक गणतन्त्र र सङ्घीय संरचनाअनुसार पार्टीलाई ढाल्नुपर्ने हुदाँ आफूले सो कामलाई जोडदार रुपमा अगाडि बढाएको दाबी गर्नुभयो । उहाँले विधान अनुसार नै पार्टीले आगामी महाधिवेशन गरी पार्टीको गतिविधि अगाडि बढाउने जानकारी दिनुभयो । नेता निधिले कम्युनिष्ट सरकारले कुनै पनि काम गर्न नसकेको आरोप लगाउनुभयो । “विकास निर्माणदेखि प्रदेशको कानून निमार्णसम्मको कुनै पनि काम सरकारले गर्न सकेको छैन,” निधिको आरोप थियो ।
–रासस

प्रतिक्रिया