कतार र बेलायतको सहयोग पाएर राम परिवार नै हर्षित

admin

काठमाडौं, असोज १५: कतार र बेलायतको सहयोग पाएर अपाङ्ग परिवार नै हर्षित भएको छ । श्रम गर्न खाडी मुलुकमा विगत १५ वर्षदेखि कतारमा रहेका महोतरीका जलेश्वर निवासी बद्रीनाथ झाले रौतहटको परोहा नगरपालिका–७ नरकटिया खापका असहाय दुवै खुट्टाले अपांग ३६ बर्षीय उपेन्द्र राम चमारलाई ट्रायल साईकल सहयोग गरेका छन् ।

महोतरी निवासी युवा समाजसेवी झाले आफू प्रवासमा रहेर पनि नेपालको एक पीडितलाई सहयोग गर्न पाउँदा आनन्दित भएको बताएका छन् । ‘म पहिलादेखि नै अपांगता, असहाय, गरिब भएका व्यक्तिलाई सहयोग गर्न मन पराउने मान्छे हुँ । नेपाल आएको बेला उनीसँग भेट्ने मौका पाए अझ खुशी महसुश हुनेछ । अपांगता भएका रामको जिवनमा यसबाट केही परिर्वतन होस भन्ने मात्र सोचले सानो सहयोग गरेको बताउनुभो ।’ सोही परिवारमा दुवै खुट्टाले अपांग ११ बर्षीय मुस्कान राम चमारलाई मुकुन्द फुयालको छोरा मिलिन्ड फुयालले यु.के बेलायतबाट कोशिश फाउण्डेसन मार्फत ह्वलचेयर सहयोग गरेका छन ।

रामको घरको आर्थिक अवस्था निकै कमजोर भएकाले अरु बालबालिका जसतै घर बाहिर वा विधायल जान चाहेर पनि जान्न चाहना हुदा हुदै पनि कुनै सुविधा उपलब्ध परिवारबाट हुन नसकेकाले दिनभरि घरमा बसेर नै जिवन बिताउ छिन । अब ह्वेलचेयर पाएसी विधालय र साथीहरुसँग रमाउन पनि सजिलो भएकोले सहयोगी दातालाई मुरिमुरि धन्यवाद समेत रामको आमाले दिईन ।रौतहटका युवा पत्रकार तथा समाजसेवी अभिमनु कुमार पटेलको पहलमा कतार र बेलायतबाट आएको सो समाग्री अपांग रामको घरमै पुगेर हस्तान्तरण गरेका छन ।

‘मानव जीवनमा सबैभन्दा ठूलो धर्म यही नै हो,’ उनले भने, विदेशबाट मेरो माथी बिस्वास गरेर उहाँहरुले यस्ता असहायका लागि सम्मान पठाएकोमा म धेरै हर्षित छु भने समाजसेवी पटेलले बताएका छन । सो सामाग्री हस्तान्तरण गर्न राजपा नेपालका विबेक कुमार यादव, संघीय समाजवादी फोरम नेपालका अरबिन्द कुमार यादव लगायत अन्य अस्थानीय बासीहरुको उपस्थितिमा भएको थियो ।

प्रतिक्रिया