पिएनपिखबर, भक्तपुर : राज कपुरको श्रीमती कृष्णा राज कपुरको ८७ वर्षको उमेरमा निधन भएको छ। उनको निधन सोमबार विहान ४ बजे भएको थियो।

उनी लामो समयदेखि श्वासप्रश्वास सम्बन्धी रोगबाट पिडित थिईन। उनी कपुर परिवारको उमेरमा सबैभन्दा जेठी सदस्य थिइन्। कृष्णा राज कपुरको ५ सन्तान छन्। राज कपुरसंग १९४६ सालमा बिबाह गरेकी थिइन्। उनी रणधीर, ऋषि, राजीव, रीमा, रितुमां थिइन। उनी करीना, रणबीर र रिद्धिमा कपूरको हजुरआमा थिइन्। ८७ औ उमेरमा पनि निकै सक्रिय छिन्।
उनी फिल्मी पार्टी र मुवी प्रीमियरमा कयौपटक देखिने गर्दथिन। केहि समय अघि उनको छोरो ऋषि कपूरको जन्मदिनको पार्टीमा पेरिसमा देखिएकी थिइन्। अभिनेता ऋषि कपुर पनि अहिले उपचारका लागि अमेरिकामा छन्। अहिले बलिउड परिवार उनको निधनको दुख व्यक्त सामाजिक संजालमार्फत गरिरहेका छन्।