भक्तपुरका असहायलाई टेलिभिजन प्रदान

admin

भक्तपुर, १६ असोज: अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा मनोरोगी, सुस्तःमनस्थिति भएका, अशक्त र बेवारिसे नागरिकलाई पाल्दै आएको मानवकल्याण समाजलाई चाँगुनारायण नगरपालिकाले आज टेलिभिजन प्रदान गरेको छ ।

समाजमा आश्रित तीस नागरिकलाई भजन हेर्न सहज हुने गरी ३२ इञ्चको टेलिभिजन प्रदान गरिएको नगरपालिकाका प्रमुख सोम मिश्रले बताउनुभयो । नगरपालिकाले ती सबैलाई खानासमेत खुवाएको छ ।

नगरप्रमुख मिश्रले ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्ने बताउँदै उमेर ढल्किँदै जाँदा तिनलाई बेवास्ता गर्ने र परिवारबाटै आमाबाबु अपहेलना हुने क्रम बढ्दै जानु चिन्ताको विषय रहेको बताउनुभयो ।
-रासस

प्रतिक्रिया