कञ्चनपुर, १७ असोज : माटोको ढिस्कोले पुरिएर मङ्गलबार शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका नौ बर्षिया जानकी बिष्टको मृत्यु भएको छ । चाडपर्वका लागि घर लिपपोत गर्न माटो लिन गएकी बिष्टको माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको हो ।
ढिस्कोले पुरिएकी उनको तत्कालै स्थानीय बासिन्दाले उद्धार गरी उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिनुभयो ।
-रासस