कैलाली, असोज १७: कैलालीको गोदावरी नगरपालिकाको अत्तरियामा कान्तिपुर र नागरिक दैनिक पत्रिका स्थानीयले जलाएका छन् । सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाकालागि नेपालगन्जबाट ल्याउँदै गरेको अवस्थामा स्थानीयले पत्रिका जलाएका हुन् । सुदुरपश्चिम प्रदेशको राजधानी गोदावरीका विषयमा भ्रामक समाचार प्रकाशन गरेको भन्दै स्थानीयले आज बिहान पत्रिका जलाएको प्रहरीले जनाएको छ ।
प्रदेशसभाको दुई तिहाई बहुमतबाट प्रदेशको राजधानी गोदावरीको तेघरीमा राख्ने निर्णय भएपछि चुरे खतरामा, बाघको बाटोमा राजधानी लगायतका भ्रामक शीर्षकहरुमा समाचार छापेको भन्दै स्थानीयले पत्रिका जलाएका हुन् । युवाहरुले नेपालगञ्जवाट गाडीमा सुदूरपश्चिमका विभिन्न जिल्लाका लागि आएका कान्तिपुर, नागरिक पत्रिका गाडीबाट निकालेर जलाएका हुन् ।