भक्तपुर, १७ असोज: भक्तपुरको पाण्डुबजारमा टिप्परको ठक्करबाट एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ ।भक्तपुरको जगातीबाट सल्लाघारीतर्फ जाँदै गरेको बा४ख ३६५० नम्बरको टिप्परले पाण्डुबजारमा सडक क्रस गरिरहेको अवस्थामा बा ८८ प ८५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
टिप्परको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो । टिप्परको ठक्करबाट अर्का एकजना घाइते भएका प्रहरीले जनाएको छ ।मृत्यु हुने र घाइतेको पहिचान खुल्न सकेको छैन । घाइतेलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
मोटरसाइकलाई ठक्कर दिएको टिप्परका चालक भने फरार रहेको प्रहरीले जनाएको छ । आक्रोशित स्थानीयले टिप्परमा आगजनी गरेका छन् ।