रेलमार्ग निर्माणमा तीव्रता दिनुपर्छ :राजदूत पुरी

admin

जनकपुरधाम, १८ असोज : नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीले जनकपुर–जयनगर रेलमार्ग निर्माण कार्यलाई तीव्रता दिन आग्रह गर्नुभएको छ । रेलमार्गको आज निरीक्षणपछि भारतीय राजदूत पुरीले रेलको चालक कक्षमा बसेर भारतीय राजदूतसहित भारतीय विदेश मन्त्रालयका अधिकारीको टोलीले आज जनकपुरदेखि वैदेही स्टेशनसम्म (करीब १० किलोमिटर) निर्माण कार्यको निरीक्षण गर्नुभयो ।

निरीक्षणका क्रममा भारतीय राजदूत पुरीले रेलमार्गको निर्माणको बाँकी कार्य, भवन निर्माण, रंगरोगनको कार्य दु्रतगतिमा सम्पन्न गर्न आग्रह गर्नुभएको रेल विभागका इञ्जिनियर विनोद ओझाले जानकारी दिनुभयो ।

रेल विभागले सन् २०१८ भित्र रेल सञ्चालनको लक्ष्य राखेको छ । रेलमार्गको निर्माण कार्य भारतीय इर्कन कम्पनीले गरिरहेको छ । पहिलो चरणमा जयनगरबाट जनकपुर हुँदै कुर्थासम्म रेल सञ्चालनको तयारी रहेको छ । चौँतीस किलोमिटरको जनकपुर–कुर्था खण्डमा १७ किलोमिटरसम्म सफल रेल परीक्षण भइसकेको जनाइएको छ ।
-रासस

प्रतिक्रिया