लुकाइछिपाइ राखेको अवस्थामा काठ बरामद

रिता घिसिंग

लहान, १९ असोज : सिरहाको लहान नगरपालिका–१५ शोभापुरबाट सशस्त्र प्रहरीको टोलीले अवैध रूपमा लुकाइछिपाइ राखेको अवस्थामा गए राति ठूलो परिमाणमा काठ बरामद गरेको छ ।

सशस्त्र प्रहरी बेसक्याम्प लहानबाट खटिएको टोलीले सालको तयारी झ्याल, ढोकाको ६३ थान १४.२९ क्यूफिट काठ बरामद गरेको हो ।
बरामद काठ आवश्यक अनुसन्धानका लागि डिभिजन वन कार्यालय लहानमा बुझाएको सशस्त्र प्रहरी बेसक्याम्प लहानका प्रहरी नायब उपरीक्षक निवनकुमार खड्काले जानकारी दिनुभयो ।
–रासस

प्रतिक्रिया