३ नं प्रदेशसभाको बैठक आइतबार बस्ने

admin

हेटौँडा, १९ असोज: ३ नं प्रदेशसभाको ५१औँ बैठक यही असोज २१ गते आइतबार अपराह्न ३ बजे बस्ने भएको छ । उक्त बैठकमा प्रदेशको सञ्चारमाध्यमको व्यवस्थापन गर्न बनेको विधेयक, २०७५ र प्रदेशको यातायात व्यवस्था गर्न बनेको विधेयक, २०७५ माथि सैद्धान्तिक छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका उपसचिव मोहनप्रसाद निरौलाले राससलाई बताउनु भयो ।

उहाँका अनुसार आइतबार बस्ने प्रदेशसभाको बैठकबाट सैद्धान्तिक छलफल भई दफावार छलफलका लागि तीन वटा विधेयक विभिन्न समितिमा पठाइने भएको जानकारी दिनुभयो । प्रदेशसभाको बैठक आज असोज १९ गते बस्ने भनिएको भए पनि सत्तारूढ नेकपा संसदीय दलको बैठक बस्ने भएको कारणले स्थगित गरिएको प्रदेशसभा सचिवालयबाट थाहाभएको छ ।
-रासस

प्रतिक्रिया