महिला उद्यमीद्वारा रक्तदान

admin

काठमाडौँ, २० असोज: नेपाल बुमन चेम्बर अफ कमर्सले दशैँ, तिहार र छठ पर्वका अवसरमा राजधानीमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । सो संस्थाको संयोजनमा आज राजधानीको वसन्तपुरमा आयोजित रक्तदान कार्यक्रममा ५० भन्दा बढी रक्तदाताले रक्तदान गर्नुभयो ।

विगतमा मुख्य चाडपर्वका बेला रगत अभाव हुने गरेकाले त्यसैलाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाका लीमा अधिकारीले बताउनुभयो । महत्वपूर्ण चाडपर्वका बेला अरु समयमा भन्दा बढी रगत अभाव हुने देखिएकाले चाडपर्वको मुखमा रक्तदान आयोजना गरिएको बुमन चेम्बरले जनाएको छ ।
-रासस

प्रतिक्रिया