प्रगतिशील लेखक सङ्घको अध्यक्षतामा पोखरेल निर्विरोध चयन

रिता घिसिंग

गाईघाट, २१ असोज : प्रगतिशील लेखक सङ्घ (प्रलेस) उदयपुरको चौथो अधिवेशनले माधव पोखरेलको अध्यक्षतामा नौ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध चयन गरेको छ ।

गाईघाटमा भएको अधिवेशनले पोखरेललाई नयाँ कार्यसमितिको अध्यक्षमा निर्विरोध चयन गरेको सङ्घका सस्थापक अध्यक्ष पुण्य कार्कीले बताउनुभयो । सङ्घको उपाध्यक्षमा सम्झना राई, सचिबमा श्याम ढुङ्गाना, सहसचिवमा नारायण थापा र कोषाध्यक्षमा सरिता पौडेल चयन हुनुभएको हो ।

सदस्यमा बोधकुमार घिमिरे, उद्धब घिमिरे, सिर्जना सरोबर, चन्द्रनारायण चौधरी मनोनित हुनुभएको सङ्घका पदाधिकारीले बताएका छन् । सल्लाहकारमा राममणि पोखरेल, पुण्य कार्की, रमेश रोका, कैलास राई, मोहन खत्री, भीमबहादुर खड्का, विनोद खतिवडा, भीमप्रसाद पराजुली, मोसनबहादुर कार्की, मीनकुमार राउत, भरत खड्का, कुँबेरकान्त काफ्ले, नारायण थापा, कुमारसिंह राई, परमेश्वर घिमिरे, जीवन खतिवडा रहनुभएको अध्यक्ष पोखरेलले बताउनुभयो ।
–रासस

प्रतिक्रिया