दुई मोटरसाइकल ठोकिँदा पैदल यात्रु घाइते

admin

घोराही, २१ असोज: यहाँ आज अपराह्न अत्यन्तै खतरनाक दुर्घटना हुँदा एक व्यक्ति गम्भीर घाइते भएका छन् । घोराही उपमहानगरपालिका–१५ को व्यस्त सडकमा विपरीत दिशाबाट आइरहेका दुई मोटरसाइकल ठोकिँदा पैदल यात्रु कुइरेपानीकी ३८ वर्षीया तिला परियार घाइते हुनुभएको छ ।

लु ३४प २४२९ र रा ३प ५२५८ नंको मोटरसाइकल ठोकिँदा उहाँ उछिटिएर रोकिराखिएको रा १त २३२० नं ट्र्याक्टरमा रहेको घर बनाउन प्रयोग गरिने छड उहाँको छातीमा वारपार भएर पसेको छ । लामो छड काटेर मात्रै तिलालाई अस्पताल पु¥याइएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकले छातीको छड निकाल्न नसकेपछि अन्यत्र सिफारिश गरिएको छ ।
-रासस

प्रतिक्रिया