बर्दिया, २१ असोज: प्रदेश नं. ५ का सभामुख पूर्णबहादुर घर्तीले सङ्घ, प्रदेश र स्थानीय सरकारको पहिलो अभिभारा बलियो कानून निर्माण गर्नु रहेकोे बताउनुभएको छ । स्थानीय बाँसगढीमा आज आयोजित बाँसगढी नगरपालिकाको निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षा प्रदायक नगरपालिका घोषणा कार्यक्रममा उहाँले सङ्घ, प्रदेश र स्थानीय तहको बीचमा बुझाइमा केही समस्या रहेको बताउनुभयो ।
शिक्षामा गुणस्तरीयता परिवर्तन र निःशुल्क शिक्षामा परिवर्तन गर्ने राज्यको दायित्व रहेकाले यो नीति तथा कार्यक्रमअनुसार लाग्न उहाँले निर्देशन दिनुभयो । प्रदेश नं ५ का शिक्षा निर्देशक जीतबहादुर शाहले केन्द्र, प्रदेश र स्थानीय सरकारको सहकार्यमा शिक्षालाई सर्वसुलभ र वैज्ञानिक बनाइने जिकिर गर्नुभयो । सो अवसरमा राम्रो नतिजा ल्याउने शिक्षक र विद्यार्थीलाई पुरस्कारसहित सम्मानपत्र दिइएको थियो ।
-रासस