विराटनगर, २२ असोज : प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ (२) बमोजिम प्रदेशको खेलकूद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ माथि आज पनि छलफल भयो ।
छलफलमा प्रदेशसभा सदस्य केदार कार्की, ओमप्रकाश सरावगी, एकराज कार्की, कुसुम श्रेष्ठ, कुलप्रसाद साम्बाङ र सूर्यमाराज राईले बोल्नुभएको थियो । उहाँहरुले विधेयकलाई सङ्घले निर्माण गर्ने कानूनसँग बाझिने गरी बन्न नहुने भन्दै विधेयकमा संशोधन गर्नु आवश्यक छ भन्नुभयो ।
यसअघि शून्य समयमा उमिता विकले विगतका घटनामा बेपत्ता भएका नागरिकका बारे सत्यतथ्य सार्वजनिक गर्न प्रदेश सरकारसंग माग गर्नुभयो । सदस्य लोकप्रसाद सङ्ग्रौलाले मुलुकमा बढ्दै गएको भ्रष्टाचारलाई नियन्त्रण गर्न प्रदेश सरकार गम्भीर हुनुपर्छ भन्नुभयो । उहाँले धरानमा नवनिर्मित खानेपानीको योजनामा व्यापक भ्रष्टाचार भएको देखिएकाले सत्यतथ्य बाहिर ल्याउन प्रदेश सरकारसँग माग गर्नुभयो । प्रदेशसभाको अर्को बैठक असोज २३ गते बिहान ११ बजेछ ।